Nepal Life

लक्ष्मी सनराइज बैंकले एनसीएचएलसँग साझेदारी गर्दै 'नेपालपे' कार्ड सेवा सुरु गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 18 13:15
लक्ष्मी सनराइज बैंकले एनसीएचएलसँग साझेदारी गर्दै 'नेपालपे' कार्ड सेवा सुरु गर्ने
National Life

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘नेपालपे’ कार्ड सेवा सुरु गर्ने भएको छ।

Shikhar
NIMB

बैंकले राष्ट्रिय कार्ड स्विच (एनपीएस–एनसीएस) अन्तर्गतको देशीय कार्ड योजना 'नेपालपे' मा प्रमुख सदस्यको रूपमा सहभागिता जनाउँदै यो सेवा सञ्चालनमा ल्याउन लागेको हो।

यस साझेदारीपछि लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई 'नेपालपे' कार्ड जारी तथा स्वीकृति (एक्वायर) दुवै सेवा प्रदान गर्न सक्नेछ।

एनपीएस–एनसीएस पूर्वाधारमार्फत नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ। यसले देशभित्रकै कार्ड कारोबारलाई सहज, लागतमैत्री, डेटा स्थानीयकरण सुनिश्चित गर्ने र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

बैंकको देशभर फैलिएको शाखा सञ्जाल र एटीएम नेटवर्कको माध्यमबाट ‘नेपालपे’ कार्ड सेवाले व्यापक पहुँच बनाउने विश्वास लिइएको छ। यस साझेदारीबाट नेपालको कार्ड प्रणालीमा उल्लेखनीय सुधार आउने आशा बैंकले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया