Nepal Life

सुरेशप्रसाद खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा नियुक्त, तीन दशकको अनुभव

NMB Bank
  • BFIS News
  • 2025 May 18 16:12
सुरेशप्रसाद खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा नियुक्त, तीन दशकको अनुभव
National Life

काठमाडौं, जेठ ४ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले पहिलो चार वर्षे कार्यकाल पूरा गरेका खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो।

Shikhar
NIMB

खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि सुरु भए पनि सार्वजनिक बिदा परेकोले उनले जेठ ४ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

करिब तीन दशकदेखि बीमा क्षेत्रमा संलग्न खत्रीले यसअघि नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत कार्य अनुभव बटुलेका थिए। उनी गत पुस ५ गतेदेखि कार्यवाहक सीईओका रूपमा जिम्मेवारीमा थिए। त्यसअघि भरतबहादुर बस्नेतको कार्यकाल सकिएपछि खत्रीलाई अस्थायी रूपमा सीईओको जिम्मेवारी दिइएको थियो।

बीमा समितिबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सञ्चालक समितिले खत्रीलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै बीमा समितिसँग सैद्धान्तिक सहमति समेत लिएको थियो।

भारतको बैंगलोरबाट एमबीए गरेका खत्रीसँग बीमा क्षेत्रमा झण्डै तीन दुई दशकको कार्यानुभव छ। बीमा उद्योगको विकासमा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया