NIMB Header 2
Nepal Life

बैंकर्स संघले संचालकहरूलाई पहिलोपटक दियो ‘सस्टेनेबल फाइनान्स मास्टरक्लास’

National Life
  • BFIS News
  • 2025 May 19 12:24
बैंकर्स संघले संचालकहरूलाई पहिलोपटक दियो ‘सस्टेनेबल फाइनान्स मास्टरक्लास’
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघ (NBA) ले बैंकिङ क्षेत्रमा दिगो वित्तीय अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक संचालक समिति सदस्यहरूका लागि विशेष ‘सस्टेनेबल फाइनान्स मास्टरक्लास’ आयोजना गरेको छ। यो मास्टरक्लास बैंकिङ नेतृत्वको उच्च तहमा ईएसजी (पर्यावरण, सामाजिक र प्रशासन) सिद्धान्तहरूलाई मजबुत बनाउने दिशामा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको छ।

Shikhar
NIMB

हाल विश्वव्यापी रूपमा दिगो वित्तीय अभ्यासप्रति चासो बढिरहेका बेला र नियामक निकायहरूबाट पनि यस्ता अभ्यासहरूमा प्राथमिकता दिइँदै गर्दा यस्तो कार्यक्रमको आयोजना समयसापेक्ष र दूरदर्शी कदम मानिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले दिगो वित्तीय अभ्यासलाई राष्ट्रिय तथा नियामक प्राथमिकतासँग समन्वय गर्दै बैंकिङ क्षेत्रलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले संघले बैंकिङ क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएका दिगो वित्तीय विषयमा केन्द्रित कार्यक्रमहरूको चर्चा गर्दै, यस्तो अभ्यासमा संचालक तहको नेतृत्व निर्णायक हुने बताए।

कार्यक्रममा युएपीएफ बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (UPF BSM) का दुई प्रख्यात प्राध्यापकहरूले मास्टरक्लास सञ्चालन गरेका थिए।

दिगो वित्तीय अभ्यासमा सामाजिक जोखिम व्यवस्थापन विषयमा विभागीय प्रमुख प्रा. डा. आन्द्रेइ बोअरले सत्र सञ्चालन गरे। उनले बैंकिङ प्रणालीमा विशेष गरी ऋण प्रवाहसँग सम्बन्धित सामाजिक जोखिमहरू पहिचान र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि विभिन्न फ्रेमवर्कहरूबारे जानकारी दिए।

त्यस्तै, सुसंस्कृत प्रशासन र दिगो वित्तीय अभ्यास शीर्षकमा प्रा. डा. मार्कोस एगुइगुरेन हुर्टाले सत्र सञ्चालन गरे। उनले दिगो वित्तीय प्रणाली निर्माणमा सुशासनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बैंकहरूमा बलियो नेतृत्व, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको बताए। उनले यस्तो अभ्यासले नियामकीय मापदण्ड मात्र होइन, दीर्घकालीन व्यापारिक स्थायित्व र सरोकारवालाको विश्वास निर्माणमा पनि योगदान पुर्‍याउने धारणा राखे।

कार्यक्रममा सदस्य बैंकका संचालक समितिका अध्यक्षहरू, संचालकहरू तथा प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ) गरी ४५ भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

यस मास्टरक्लासले नेपालको बैंकिङ क्षेत्रमा दीगो विकास अवधारणालाई संस्थागत गर्ने दिशामा उच्च तहमा नेतृत्व विकास गर्ने मार्ग प्रशस्त गरेको विश्वास लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया