Nepal Life

ट्रेड टावर लिमिटेडले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ जेठ १४ गतेदेखि निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 19 12:42
ट्रेड टावर लिमिटेडले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ जेठ १४ गतेदेखि निष्काशन गर्ने
National Life

काठमाडौं, जेठ ५ – ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यमा जम्मा ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो। उक्त निष्काशन छिटोमा जेठ १९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणमा जेठ २८ गतेसम्म बिक्री खुला गर्नेछ। 

Shikhar
NIMB

कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता प्रवासमा रहेका नेपाली नागरिकका लागि पहिल्यै निष्काशन भइसकेको छ। त्यस्तै, २ प्रतिशत अर्थात् ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९८ हजार ५८४.६५ कित्ता शेयर म्युचुअल फन्डहरूका लागि आरक्षित गरिएको छ। बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिने हो।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एलएस क्यापिटल लिमिटेडले पाएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको क्रेडिट रेटिङ संस्था आइसीआरए नेपालले ट्रेड टावर लिमिटेडलाई [ICRANP-IR] BB-इस्युअर रेटिङ पुनः पुष्टि गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ कम्पनीको समग्र क्रेडिट योग्यतामा आधारित भए पनि कुनै विशिष्ट ऋण उपकरणसँग सम्बन्धित छैन।

वि.सं. २०६४ मा स्थापना भएको ट्रेड टावर लिमिटेड काठमाडौंको थापाथलीमा अवस्थित एक सार्वजनिक लिमिटेड कम्पनी हो, जुन लिजिङ, फाइनान्सिङ र पूर्वाधार विकास क्षेत्रमा संलग्न छ। कम्पनीको पहिलो परियोजना ‘ट्रेड टावर थापाथली’ सन् २०११ को अप्रिलदेखि सञ्चालनमा आएको हो। कम्पनीले हालै गौँशालामा तीनतारे होटल ‘होटल क्रिस्टल पशुपति’ सञ्चालनमा ल्याएको छ, जसले सन् २०२४ को अप्रिल मध्यदेखि आंशिक रूपमा सेवा दिइरहेको छ। होटलमा जम्मा ९० मध्ये ४९ कोठा र २ वटा सम्मेलन हलहरू हाल सञ्चालनमा छन्।

वि.सं. २०८१ को असोज मसान्तसम्म TTL मा ३५० भन्दा बढी प्रवर्तकहरूको पूर्ण स्वामित्व रहेको थियो। अब आईपीओ जारी गरेपछि कम्पनीमा प्रवर्तकको स्वामित्व करिब ५१ प्रतिशतमा झर्नेछ। कम्पनीका अध्यक्ष तथा प्रमुख शेयरधनी शिवहरी डंगोल रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार