Nepal Life

सिटिजन लाइफको आईपीओ बाँडफाँड सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 14:24
सिटिजन लाइफको आईपीओ बाँडफाँड सम्पन्न
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटलले लाजिम्पाटमा सम्पन्न गरेको बाँडफाँडबाट ९ लाख जनाले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । 

NIMB

कम्पनीको प्राथमिक शेयरका लागि १५ लाख १० हजारले आवेदन दिएकोमा ६ लाख १० हजारको हात खाली भएको छ । कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत ९५,६२,५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत ५,६२,५०० कित्तासामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपीओ जारी गरेको थियो । आइपिओको नतिजा केहि समय भित्रै मेरो शेयरको आइपिओ रिजल्टबाट हेर्न सकिनेछ । 

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।  कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ  ।

कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउनु पर्ने हुन्छ । यसका लागि कम्पनीलाई एक अर्ब २५ करोड आवस्यक पर्छ । कम्पनीले आफ्नो जगेडा कोषमा भएको रकम र प्रिमियम मार्फत आर्जन भएको रकम मार्फत सहजै उक्त रकम बोनस शेयर मार्फत दिन सक्ने देखिन्छ । त्यसैले कम्पनीले कम्तिमा पनि ३४/३५ प्रतिशत लाभांश दिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया