NIMB Header 2
Nepal Life

९० भन्दा कम नेटवर्थ भएका १३ कम्पनी आईपीओ पाइपलाइनबाट हटाइए

National Life
  • BFIS News
  • 2025 May 20 09:10
९० भन्दा कम नेटवर्थ भएका १३ कम्पनी आईपीओ पाइपलाइनबाट हटाइए
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पाइपलाइनबाट हटाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार कुल १४ कम्पनीलाई आईपीओ स्वीकृति प्रक्रियाको सूची (पाइपलाइन) बाट हटाइएको हो।

Shikhar
NIMB

हटाइएका कम्पनीहरूमध्ये १३ कम्पनीको नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको र एक कम्पनीको विद्युत् खरिद सम्झौता (पीपीए) को अवधी कम भएको बोर्डले जनाएको छ।

सार्वजनिक लेखा समितिको निर्देशनपछि कार्यान्वयन

यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिले प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ स्वीकृति नदिन निर्देशन दिएको थियो। सोही निर्देशनको पालना स्वरूप धितोपत्र बोर्डले सम्बन्धित कम्पनीहरूलाई पाइपलाइन सूचीबाट हटाएको हो।

पुनः आवेदन दिन सक्ने

बोर्डले हटाइएका कम्पनीहरूलाई भविष्यमा नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुगेको प्रमाणसहित पुनः आईपीओ निष्कासनको लागि आवेदन दिन सकिने व्यवस्था खुला राखेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया