Nepal Life

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्का, सिफारिस समिति आजै पठाउने तीन नाम

NMB Bank
  • BFIS News
  • 2025 May 20 14:09
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्का, सिफारिस समिति आजै पठाउने तीन नाम
National Life

काठमाडौं। राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको छ। आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ।

Shikhar
NIMB

यसअघि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको उक्त समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य छन्।

स्रोतका अनुसार समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको नाम सिफारिस गर्नेछ। सिफारिसमा डा. पौडेलको नाम पहिलो नम्बरमा राखिने बुझिएको छ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैतमा सकिएसँगै राष्ट्र बैंक नेतृत्व रिक्त रहँदै आएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया