NIMB Header 2
Nepal Life

यस्तो छ नव नियुक्त गभर्नर पौडेलको नोटमा छापिने दस्तखत

National Life
  • BFIS News
  • 2025 May 20 19:55
यस्तो छ नव नियुक्त गभर्नर पौडेलको नोटमा छापिने दस्तखत
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएका छन्। मुलुकको आर्थिक तथा मौद्रिक नीति निर्माणमा निर्णायक भूमिका खेल्ने गभर्नरबारे सर्वसाधारणको चासो भने त्योभन्दा फरक खालको हुन्छ, नयाँ नोटमा देखिने दस्तखतबारे।

Shikhar
NIMB

प्रत्येक नयाँ गभर्नरको नियुक्तिपछि सर्वसाधारणमा एउटा कौतुहलता जाग्ने गर्छ, अब आउने नोटमा कस्तो हुनेछ दस्तखत? तर यो चासो तत्कालै पूरा हुने भने होइन। गभर्नरको कार्यकाल पाँच वर्षको हुने भए पनि नयाँ गभर्नरको दस्तखत भएका नोट बजारमा देखिन दुई–तीन वर्ष लाग्न सक्छ।

राष्ट्र बैंक स्रोतका अनुसार नोट भने माग अनुसार जुनसुकै बेला छापिने होइन। अहिले चलनचल्तीमा रहेका नोट पुराना भई बिग्रिन थालेपछि मात्र ती नोट नयाँसँग साटिने गरिन्छ। सामान्यतया एक नोटको आयु पाँच वर्षको हुने गर्छ।

हाल नेपालमा ५, १०, २०, ५०, १००, ५०० र १,००० दरका नोट चलनमा छन्। पछिल्लो समय डिजिटल कारोबार तीव्र रूपमा बढिरहेका कारण राष्ट्र बैंकले न्यून दरमा नोट छाप्ने नीति लिएको छ। यसले पनि नयाँ गभर्नरको दस्तखत भएको नोट छिट्टै बजारमा देखिने सम्भावना कम बनाएको छ।

नयाँ गभर्नरले आर्थिक अनुशासन, मौद्रिक स्थायित्व र डिजिटल कारोबार प्रवर्द्धनका अतिरिक्त नोटमा आउने आफ्नै दस्तखतमार्फत पनि इतिहासमा हस्ताक्षर गर्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया