NIMB Header 2
Nepal Life

राष्ट्र बैंकमा डा. पौडेलको नेतृत्व सुरु, सुपरीवेक्षण बलियो बनाउने प्रतिबद्धता

National Life
  • BFIS News
  • 2025 May 21 14:55
राष्ट्र बैंकमा डा. पौडेलको नेतृत्व सुरु, सुपरीवेक्षण बलियो बनाउने प्रतिबद्धता
Sanima Reliance

काठमाडौं, जेठ ७ गते। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणलगत्तै उनले पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गर्दै आफ्नो कार्यकालको सुरुआत गरेका छन्।

Shikhar
NIMB

पद ग्रहणपछि संक्षिप्त पत्रकार भेटघाटमा बोल्दै गभर्नर पौडेलले राष्ट्र बैंकको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले मुख्यतः दुईवटा विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन्– मौद्रिक नीतिको सफल कार्यान्वयन र बैंकिङ क्षेत्रको सुपरीवेक्षणको सुदृढीकरण।

"राष्ट्र बैंकको भूमिका सबैलाई थाहा नै छ," उनले भने, "हामी दुई कुरामा फोकस गर्छौं– मौद्रिक नीतिले जे-जे कुरा तय गर्छ, त्यसलाई सफल बनाउने र अर्को सुपरीवेक्षणमा ध्यान दिने। धेरै नियम बनाएर मात्रै काम अघि बढ्दैन, त्यसैले कार्यान्वयन र निगरानीमा विशेष जोड दिनेछौं।"

गभर्नर पौडेलका अनुसार हाल देशका विभिन्न बैंकहरूमा सर्वसाधारणका ठूलो परिमाणमा रकम रहेको र ती रकमको सुरक्षाका लागि सुपरीवेक्षण अझै बलियो बनाउनु पर्ने आवश्यकता रहेको छ। उनले बैंकहरूको क्षमता अभिवृद्धि गर्नु र ल्याण्डिङ (कर्जा प्रवाह) नीतिहरूको प्रभावकारी कार्यान्वयन तथा मूल्यांकनलाई पनि प्राथमिकतामा राख्ने बताएका छन्।

"ल्याण्डिङ पोलिसी राम्रो ल्याउनु र त्यसको प्रभावकारी प्रयोग भएको छैन कि भनेर मूल्यांकन गर्नु पर्छ," गभर्नर पौडेलले भने, "नीतिहरू कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूसँग छलफल गरेर अघि बढ्नेछु। जबरजस्ती नीतिहरू लाद्ने पक्षमा म छैन।"

उनले थपे कि नीति बनाउने प्रक्रियामा सम्भावनाको मूल्यांकन आवश्यक छ र सबै स्टेकहोल्डरहरूसँग समन्वय गरेर मात्र नीति कार्यान्वयन गरिनुपर्नेछ।

त्यस्तै, कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको विषयमा पत्रकारले जिज्ञासा राख्दा उनले उक्त विषयलाई राष्ट्र बैंकको आन्तरिक प्रक्रिया भन्दै थप टिप्पणी गर्न मानेनन्।

गभर्नर पौडेलले राष्ट्र बैंकका सबै कर्मचारीको सहकार्यमा ऐनअनुसार अधिकार प्रयोग गर्दै काम अगाडि बढाउने बताएका छन्। उनले विश्वास व्यक्त गरे कि राष्ट्र बैंकले मुलुकको आर्थिक स्थायित्वमा अझ प्रभावकारी भूमिका खेल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया