Nepal Life

जेठ १८ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 May 22 09:14
जेठ १८ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला
National Life

काठमाडौं, जेठ ८। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आगामी जेठ १८ गतेदेखि 'निफ्रा हरित ऊर्जा ऋणपत्र ६% – २०८८/८९' नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

Shikhar
NIMB

बैंकले ७ वर्ष अवधिको यो ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरमा निष्काशन गर्न लागेको हो।

बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने योजना सार्वजनिक गरेको छ। यसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १९ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन्।

न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते बन्द हुने छ।

ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेड ले लिएको छ। लगानीकर्ताले आवेदन सी–आस्बा प्रणालीमार्फत, मेरो शेयर अनलाइन, तथा आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरूमार्फत दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ‘ICRANP-IR BBB’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने सक्षमता मध्यम रहेको संकेत गर्छ।

यस ऋणपत्रबाट प्राप्त ब्याज आय प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो छमासिक समाप्तिपछि कर कट्टी गरी भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया