Nepal Life

सिद्धार्थ बैंकको इजि बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा,के के छन् सुविधा ?

RBB
  • BFIS News
  • 2025 May Thu 13:16
सिद्धार्थ बैंकको इजि बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा,के के छन् सुविधा ?
Shikhar detail

काठमाडौँ । पछिल्लो समय नेपालको बैंकिङ्ग प्रणालीमा डिजिटल बैंकिङ्ग अर्थात भौतिक रुपमा उपस्थित नभइकनै आधुनिक प्रविधिको उपयोग गरेर गरिने कारोबार गर्ने बैंकिङ्ग प्रणालीको तीब्र विकास भइरहेको छ । पहिले बैंकिङ्ग कारोबार गर्न बैंकको शाखामै गएर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता थियो, जुन अब लगभग अन्त्य भएको छ ।

NIMB

अब बैंकहरु परम्परागत रूपमा चल्दै आएको बैंकिङ्ग प्रणालीलाई आधुनिक प्रविधिले प्रतिस्थापन गर्न र डिजिटल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसो त, कोभिड महामारीको समयमा बैंकहरुले आफ्ना सेवाग्राहीलाई सहज र सुरक्षित सेवा दिन डिजिटल माध्यमलाई बढी अपनाइएको थियो । त्यसैमध्येको एउटा हो,– सिद्धार्थ बैंक । अस्वस्थ प्रतिस्पर्धामा होमिने वा समस्याग्रस्त संस्थाहरु गाभ्ने जस्ता आक्रामक गतिविधीबाट बचेर आफूलाई सधैं स्वाभाविक र स्वच्छ विकासमा क्रियाशील यो बैंकले अचेल डिजिटल सेवामा खुब जोड दिइरहेको छ ।

सोही प्रयास अन्तर्गत सिद्धार्थले अब आफ्ना ग्राहकलाई ‘इजि बैंक’ नामक अनलाइन प्लेटफर्म मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । डिजिटल पद्धतिको बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले करिव ४ वर्ष अघि सार्वजनिक गरेको ‘इजी बैंक’ प्लेटफर्ममा गा्रहकको आवश्यकता अनुसार थप सेवाहरु समावेश गर्दै लगिएको बैंकले जनाएको छ ।

‘डिजिटल नेपाल’ अभियानलाई समर्थन गर्दै ल्याइएको यो सेवा बैंकको आधिकारिक वेवसाइट वा मोबाइल एप 'Siddhartha Banksmart XPÚ मार्फत प्रयोग गर्न सकिने बैंकले बताएको छ । यस प्लेटफर्मको उपयोग गरेर ग्राहकले घरैमा बसीबसी विभिन्न बैंकिङ्ग सेवा अनलाइनमार्फत सजिलै प्राप्त गर्न सक्छन् । यसमा सजिलो कुरा त के छ भने इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा मात्र नभएर ग्राहकले आ–आफ्नो मोबाइल एपमार्फत पनि प्रयोग गर्न सक्ने छन् ।

मोबाइल एप ‘इजि बैंक’मा थपिए नयाँ सेवा सुविधा

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘इजि बैंक’लाई थप परिस्कृत र ग्राहकमैत्री बनाएको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाइसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो ।

उक्त मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवाहरु देखिन्छन् , ती सेवाहरु निम्न प्रकारका छन् ।

१) खाता विवरण हेर्न मिल्ने

ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्छन्। यसअन्तर्गत, उनीहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेपजस्ता निक्षेप सम्बन्धी विवरणहरूका साथै, लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण, र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सक्छन्। यसले ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुर्याउँछ ।

२) एपबाटै ऋण !

अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाèयता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने वित्तीकै गा्रहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यसका साथै मर्चेन्ट क्युआर सञ्चालकहरुले पनि यसै एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । त्यस्तै सिद्धार्थ बैंकको इजी बैंक (EasyBank) मोबाइल एपमार्फत ग्राहकहरूले बैंकको शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको EMI (Equated Monthly Installment) सुविधा लिन सक्नेछन्। ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्नेछन्।

) ग्राहक सेवाको सुविधा

कुनै चेक हराएमा वा रोक्नुपरेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा यसै अन्तर्गत ब्लकको सुविधा लिन सकिनेछ ।

ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा यहीँबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक पर्ने छैन ।

) केवाइसी अपडेट

बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्नेछन्। साथै, ग्राहकले शाखामा उपस्थित नभई यसै माध्यमबाट सुरक्षित र सहज रूपमा (NID) नम्बर पनि अद्यावधिक गर्न सक्नेछन्।

५) कार्डसम्बन्धी सम्पूर्ण सेवा

इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन्। एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर EasyBank सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्छन्।

कम्प्युटरबाट पनि चलाउन मिल्ने

यो एप केवल मोबाइलमा मात्रै होइन, ल्यापटप तथा कम्प्युटरबाट पनि सञ्चालन र यसका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकको वेवसाइट मार्फत ‘लग इन्’ आइकन क्लिक गरी ‘इजि बैंक’मा जान सकिन्छ । यसबाट अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ ।

वेबमा के के छन् सुविधा ?

यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटमा अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस गरी ग्राहकले विभिन्न अनलाइन सुविधाहरु एकै ठाउँमा लिन सक्छन् ।

) अकाउन्ट सर्भिस

यस सेवा अन्तर्गत बैंक खाता खोल्ने, मुद्दति खाता खोल्ने, भिडियो बैंकिङ–अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणिकरण जस्ता सेवा उपलब्ध छन् ।

ग्राहकले अनलाइनबाट खाता खोल्ने वित्तीकै उक्त खाता सक्रीय भएको हुँदैन । सम्भव भएसम्म एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्छ । तर बैंकले अनलाइबाट खाता खोल्नेहरुका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा दिएको छ । उक्त सुविधा यसै एप मार्फत प्रदान गर्ने बैंकले जनाएको छ । जसले अनालाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभइ घरमै बसी बसी प्यान अपडेट गर्न सकिन्छ भने ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल पनि अनलाइन मार्फत नै प्रमाणिकरण गर्न सकिन्छ ।

) कार्ड सर्भिस

यस सेवा अन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था समेत गरेको छ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकले सुरुमा त बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ ।

सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस्तै पहिले नै कार्ड लिइसकेका, तर म्याद सकिएका ग्राहकले पनि यस सेवा अन्तर्गत रहेर कार्ड नविकरण तथा प्रतिस्थापन समेत गर्न सकिने सुबिधा बैंकले दिएको छ । कार्ड नविकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुग्छ ।

बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

) डिम्याट सर्भिस

यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो डिम्याट खाता खोल्न र सूचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । यस निम्ति ग्राहकले बैंकको वेबसाइटमा गई (-EasyBank >Demat Services >Demat Account) वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंक मा गई आवश्यक विवरण भर्न सक्नु हुनेछ ।

आइपिओमा आवेदन दिदा सिआरएन नम्बर भुलेर कहिलेकाही समस्या परिरहेको हुन्छ । सिद्धार्थ बैंकले यसै इजि बैंक मार्फत आफ्नो सिआरएन नम्बर हेर्न मिल्ने बनाएको छ । यसरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सकिने व्यवस्थाले ग्राहक स्वयम् बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने भएको छ । यसले मानिसहरुको अमूल्य समयमात्रै जोगाएको छैन, ग्राहकलाई थप सुविधा पुग्ने विश्वास पनि बैंक व्यवस्थापनले लिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया