Nepal Life

मिड सोलु हाइड्रोको आईपीओ आजदेखि, प्रति मेगावाट लागत २१ करोड ९३ लाख

NMB Bank
  • BFIS News
  • 2023 Sep 15 12:09
मिड सोलु हाइड्रोको आईपीओ आजदेखि, प्रति मेगावाट लागत २१ करोड ९३ लाख
National Life

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि सर्वसाधारणलाई  आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्काशन गरेको हो ।

Shikhar
NIMB

यस निष्काशनमा असोज २  गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न  गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ । 

कम्पनीले यस अघि भदौ २८ गतेदेखि शेयर निष्काशन गर्ने जनाएकोमा सो दिन सार्वजनिक विदा परेकोले शेयर निष्काशन मिति एक दिन पछि सरेको हो ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया