NIMB Header 2
Nepal Life

ट्रेड टावर लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणका लागि खुला, कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता जारी

National Life
  • BFIS News
  • 2025 May 28 10:45
ट्रेड टावर लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणका लागि खुला, कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता जारी
Sanima Reliance

काठमाडौं, जेठ १४। ट्रेड टावर लिमिटेडले आज (जेठ १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपश्चात कम्पनीले अब आम लगानीकर्ताका लागि आईपीओ निष्काशन थालेको हो।

Shikhar
NIMB

कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँमध्ये ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ। सोहीअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्दैछ।

यसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गरिएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो निष्काशन छिटोमा जेठ १९ गतेसम्म खुला रहनेछ भने सो अवधिभित्र सम्पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा सेवा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया