Nepal Life

बजेट पछि बजार बढ्ने आकलनले सूचक र कारोबार दुबैमा सुधार, सबैभन्दा तल्लो तहमा रकेको बैंकिङले बजार बढाउदै

RBB
  • BFIS News
  • 2025 May Wed 15:24
बजेट पछि बजार बढ्ने आकलनले सूचक र कारोबार दुबैमा सुधार, सबैभन्दा तल्लो तहमा रकेको बैंकिङले बजार बढाउदै
Shikhar detail

काठमाडौं । बुधबार नेप्से सूचक १६.५५ विन्दुले बढेर २६९२.१८ अंकमा पुगेको छ । सो दिन ८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बैंकिङ समूहमा केही उत्साह देखिएपछि समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।

NIMB

दिनभर केही सुस्त देखिएको बजार अन्त्यतिर आएर सक्रिय बन्दै सकारात्मक बनेको हो । बजेटमा विपक्षी दलको अवरोध आउला भन्ने आशंकाले पनि बजार केही समय दबावमा रहेको थियो । तर विपक्षी दलहरुले बजेट ल्याउन अवरोध नगर्ने जनाएपछि बजारमा सकारात्मक सन्देश गएको हो ।

अर्थमन्त्रीले बिहीबार संसदमा नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् । सो बजेटमा सेयर बजारसम्बन्धी केही विषय सम्बोधन हुने अपेक्षा गरिएको छ । विशेषगरी पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिने विषय बजेटमा समावेश हुने संकेत पाएकाले लगानीकर्तामा उत्साह देखिएको हो ।

पुँजीगत लाभकर अन्तिम कर बनाइएमा यसले नेपाली पुँजी बजारलाई स्थायित्व दिने र विस्तारको दिशामा माइलस्टोन सावित हुने जानकारहरु बताउँछन् । विगतमा बजार थोरै बढेपछि पनि करसम्बन्धी विवाद उठ्ने र बजारमा नकारात्मक प्रभाव पर्ने प्रवृत्ति थियो । त्यसैले यस्तो अस्थिरता अन्त्य गर्न स्थायी कानुनी व्यवस्था आवश्यक भएको लगानीकर्ताहरू बताउँछन् ।

करको दर अलिकति बढे पनि यदि यसलाई अन्तिम करको रूपमा मान्यता दिइयो भने त्यो स्वीकार्य हुने धारणा लगानीकर्ताको छ । यस्तो व्यवस्था भएमा बजारमा विश्वसनीयता बढ्ने र दीर्घकालीन लगानी प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

बजेटमा यस्ता विषय समेटिए भने बजार नयाँ दिशा तर्फ अघि बढ्ने सम्भावना प्रवल रहेको छ । साथै, अन्य सुधारात्मक विषयहरु पनि समेटिए बजारको दिगो विकासका लागि महत्वपूर्ण हुने निश्चित छ । त्यसैले हाल अधिकांश लगानीकर्ता बजेटतर्फ आशावादी दृष्टिले हेरेका छन् ।

नेपाल राष्ट्र बैंकले पनि सेयर बजारसँग सम्बन्धित धेरै नीतिगत अवरोधहरू हटाइसकेको छ । सेयर धितो कर्जामा जोखिमभार घटाइएको छ । यसले दीर्घकालमा बजारलाई टेवा पुगाउने विश्लेषकहरूको भनाइ छ ।

नेप्से सूचक पछिल्लो केही महिनादेखि साइडवेज अवस्थामा छ । अहिलेको तहबाट बजार तल झर्न नचाहेको देखिन्छ, जसले बजार माथि जाने संकेत गरेको हो । तर त्यसका लागि अझै केही सकारात्मक कदम आवश्यक देखिएको छ । विशेषगरी बजारमा माग बढाउने र कर्जा सहज हुने व्यवस्था हुनुपर्ने देखिन्छ ।

राष्ट्र बैंकले धेरै नीतिहरूमा सहजीकरण गरिसकेको सन्दर्भमा अब १५ करोडको लगानी क्याप हटाउने र बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा सहभागी गराउने नीतिगत निर्णय भएमा पूँजी बजारले थप गति लिने अपेक्षा गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालयले पुँजीगत लाभकर अन्तिम करको कानुनी मान्यता दिएमा बजारमा स्थायित्व आउने निश्चितजस्तै देखिन्छ ।

यसले लगानीकर्ताको मनोबलमा ठूलो सुधार ल्याउनेछ । लामो समयदेखि साइडवेजमा रहेको बजार अघि बढ्न सजिलो हुने लगानीकर्ता बताउँछन् । बजारमा नयाँ लगानीकर्ता भित्रिनु आवश्यक छ भने संस्थागत लगानीकर्ताको पनि बलियो उपस्थिति हुनुपर्ने देखिन्छ ।

बुधबार ३ सय २३ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । कारोबार रकमको हिसाबमा ‘ङादी ग्रुप पावर’ १ अर्ब रुपैयाँभन्दा बढी कारोबारसहित अग्रस्थानमा रह्यो । दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।

विश्लेषण

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक दुवैका नीतिगत लचकता र आगामी बजेटमा पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिन सकिने अपेक्षाले बजारको विश्वास बढाएको हो। विशेषगरी कर सम्बन्धी अन्योलले विगतमा बजारमा बारम्बार अवरोध सिर्जना गर्दै आएको सन्दर्भमा यस्तो स्पष्ट र स्थायी नीति बजार विस्तारको “माइलस्टोन” बन्ने देखिन्छ।

राष्ट्र बैंकको सेयर धितो कर्जामा जोखिमभार घटाउने निर्णय, १५ करोडको क्याप हटाउने सम्भावना, र अल्पकालीन कारोबारमा बैंक तथा वित्तीय संस्थालाई सहभागी गराउने सम्भावित व्यवस्था बजार सुधारमा दीर्घकालीन असर पार्नेछन्।

बजार साइडवेज अवस्थामा लामो समयदेखि रहेकाले यसलाई माथि लैजान नयाँ लगानीकर्ता आकर्षित गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, र लगानीकर्ताको मनोबल उच्च बनाउने कार्यक्रम आवश्यक देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया