शेयर बजारमा चरम निरासा छाउदा पनि यि १५ कम्पनीले बनाए एक वर्षकै अल टाइम हाइ रेकर्ड
- BFIS News
- 2025 May Sat 08:49

काठमाडौं। केहि समयदेखि शेयर बजारमा चरम निरासा देख्न सकिन्छ। कहिले राजावादीको आन्दोलनका नाममा त कहिले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला। बजारमा एकदमै साना साना विषय वस्तुले पिरोलिरहेको छ। अन्यथा शेयर बजारलाई प्रभावित पार्ने र बढ्न रोक्ने कुनै ठोस कारण छैन।
यसै विचमा पनि १८ वटा कम्पनीले ५२ हप्ताकै अल टाइम हाइ रेकर्ड बनाएका छन्। बुटवल पावरले बैशाख १४ गते एक वर्ष यताकै सर्वाधिक धेरै उचाइ बनायो। सम्भवत यो मूल्य कम्पनीले एफपिओ निष्काशन गर्नु अगाडीको अवस्थामा आइपुगेको छ। कम्पनीको पछिल्लो शेयर मूल्य ५६२ रुपैयाँ छ। एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य २८८ रुपैयाँबाट सुधार भएको हो।
आइपिओ सूचिकृत भएका केहि कम्पनीको शेयर मूल्य पनि सूचिकृत भएको मूल्यको तुलनामा धेरै माथि पुगेका छन्। यस बाहेक अन्य कम्पनीहरु हेर्ने हो भने बरुण हाइड्रोपावरका शेयरधनीको पोर्टफेलियो ८३ प्रतिशतले बृद्धि भएको छ। कम्पनीको शेयर मूल्य यस वर्ष न्युनतम २३१ रुपैयाँबाट ५७७ पुग्यो। अहिले ५१८ रुपैयाँमा कारोबार भइरहेको छ।
सिइडिबी होल्डिङ्सका शेयरधनीहरु पनि यस अवधिमा मालामाल भएका छन्। कम्पनीको शेयर मूल्य विगत एक वर्षको अवधिमा ८७८ रुपैयाँबाट बढेर २६४७ रुपैयाँ पुग्यो। अहिले भने २५०९ रुपैयाँमा कारोबार भइरहेको छ। आजका दिनमा पनि कम्पनीका शेयरधनीको पोर्टफेलियो ९२ प्रतिशतले बृद्धि भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीहरुको पोर्टफेलियो पनि ५ गुणाले बृद्धि भएको छ। विगत एक वर्षको अवधिमा बैंकको शेयर मूल्य ४६५ रुपैयाँबाट २७४९ रुपैयाँ पुगेको थियो। अहिले पनि बैंकको शेयर मूल्य २५२८ रुपैयाँ छ।
माइखोला हाइड्रोपावरका शेयरधनी पनि मालामाल भएका छन्। कम्पनीको शेयर मूल्य ४१९ रुपैयाँबाट ७५१ रुपैयाँ पुग्यो। अहिले पनि ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ता पनि यस वर्ष मालामाल भएका छन्। एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ६३० रुपैयाँबाट बढेर १३५० रुपैयाँ पुग्यो। अहिले पनि १२६६ रुपैयाँ छ। लगानीकर्ताले राम्रो फाइदा दिने अर्को कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। कम्पनीको शेयर मूल्य ५७७ रुपैयाँबाट बढेर २११३ रुपैयाँ पुग्यो। अहिले पनि २००३ रुपैयाँमा कारोबार भइरहेको छ।
राधि विद्युत कम्पनीको शेयर मूल्य २२९ रुपैयाँबाट बढेर ८०१ रुपैयाँ पुग्यो भने अहिले पनि ७८० रुपैयाँमा कारोबार भइरहेको छ। १५३ रुपैयाँको सिङ्गटी हाइड्रोपावर ३१४ रुपैयाँ पुग्यो। अहिले पनि २७४ रुपैयाँमा कारोबार भइरहेको छ।
सिनर्जी पापवर डेभलपमेन्टको शेयर मूल्य २३० रुपैयाँबाट ४०६ रुपैयाँ पुग्यो भने अहिले ३७० रुपैयाँ छ। युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनी आजका दिनमा पनि मालामाल छन्। कम्पनीको शेयर मूल्य २३१ रुपैयाँबाट ५२९ रुपैयाँ पुगेर अहिले ५१० मा कारोबार भइरहेको छ। युनिभर्सल पावरको शेयर मूल्य १८३ रुपैयाँबाट ४७० पुग्यो। अहिले पनि ४५० मा कारोबार भइरहेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पनि उछाल आएको छ। एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य १३२० रुपैयाँबाट २०५५ पुग्यो। अहिले २०४४ मा कारोबार भइरहेको छ। संस्थाको शेयर मूल्य अझै पनि बढ्दो क्रममा छ।
प्रतिक्रिया