NIMB Header 2
Nepal Life

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 03 10:47
विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Everest Bank

काठमाडौं, जेठ २०। विकाश हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।

Shikhar
NIMB

कम्पनीले जेठ ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले कुल जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो।

यसमा आयोजना प्रभावित क्षेत्रका लागि ९ लाख ९ हजार १०१ कित्ता शेयर छुट्याइएको छ। तीमध्ये ३ लाख ६३ हजार ६४० कित्ता धार्चे गाउँपालिका–४ र ५ का अति प्रभावित बासिन्दाका लागि र ५ लाख ४५ हजार ४६१ कित्ता वडा नं. १, २, ३, ६ र ७ का प्रभावित बासिन्दाका लागि तोकिएको छ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर छुट्याइएको छ, जुन कुल सार्वजनिक निष्कासनको १० प्रतिशत हो। कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सुरक्षित गरिएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

विकाश हाइड्रोपावरले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ रहेको छ। परियोजनाको प्रतिमेगावाट लागत २४ करोड ५७ लाख रुपैयाँ रहेको छ। परियोजनाको विद्युत अनुमतिपत्र अवधि अझै ३० वर्ष ९ महिना बाँकी रहेको र लगानी फिर्ता हुने औसत अवधि ७ वर्ष ३ महिना रहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले आयोजना कार्यालय, प्रभु क्यापिटल कमलादी, हिमालयन बैंकको धार्चे शाखा तथा प्रभु बैंकको आरुपाट शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलको अनलाइन पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ। आवेदन फाराम बापत २ रुपैयाँ शुल्क लाग्नेछ।

विदेशमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया