Nepal Life

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“ 

NMB Bank
  • BFIS News
  • 2025 Jun 03 21:09
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड“ 
National Life

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो।

Shikhar
NIMB

यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्। सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्। साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ।
 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया