NIMB Header 2
Nepal Life

हरित भविष्यका लागि वित्तीय संस्थाहरूको पहल आवश्यक छ : एनएमबी बैंकका सीईओ घिमिरे

National Life
  • BFIS News
  • 2025 Jun 03 21:24
हरित भविष्यका लागि वित्तीय संस्थाहरूको पहल आवश्यक छ : एनएमबी बैंकका सीईओ घिमिरे
Sanima Reliance

काठमाडौं। तेस्रो नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरमको एक विशेष सत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले जलवायु रूपान्तरण योजनामार्फत वित्तीय संस्थाहरूले दिगो भविष्य निर्माणमा खेल्न सक्ने भूमिका र त्यसतर्फ बैंकको प्रतिबद्धता स्पष्ट पारेका छन्। हरित लगानी र जलवायुमैत्री वित्ततर्फ अग्रसर भइरहेका नेपाली वित्तीय संस्थाहरूको वर्तमान अवस्था र सम्भाव्य कदमबारे घिमिरेको धारणा उत्साहजनक रह्यो।

Shikhar
NIMB

तेस्रो नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम अन्तर्गत आयोजित "वित्तीय संस्थाहरूका लागि जलवायु रूपान्तरण योजना" विषयक प्यानल छलफलमा बैंकका सिइओले आफ्नो सहभागिता जनाएका थिए। 

उक्त सत्रमा नेपाली वित्तीय संस्थाहरूले दिगो तथा जलवायुमैत्री वित्तीय प्रणालीको दिशामा चालेका कदमहरू र उनीहरू हाल कुन अवस्थामै छन् भन्नेबारे व्यापक छलफल भएको थियो।

छलफलका क्रममा सीईओ घिमिरेले एनएमबी बैंकको तर्फबाट जलवायु रूपान्तरणको प्रक्रियामा बैंकको सक्रिय सहभागिता, दिगो वित्तको प्रवर्द्धन, र नेपालको हरित भविष्य निर्माणमा योगदान दिने प्रतिवद्धता व्यक्त गरे।

"हामी दिगो वित्तलाई प्रवर्द्धन गर्दै नेपालको जलवायु रूपान्तरण यात्रामा निरन्तर योगदान गर्न प्रतिबद्ध छौं," घिमिरेले भने। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हरित लगानी, र वित्तीय संस्थाहरूको भूमिकासम्बन्धी महत्वपूर्ण विषयहरूमा विज्ञहरूले विचार साझा गरेका थिए।

#SustainableFinance #ClimateAction #NMBBank #NepalImpactForum

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया