Nepal Life

रिलायबल नेपालका शेयरधनीलाई पहिलो गासमै ढुङ्गा, कारोबार खुलेकै दिन बजार नकारात्मक हुँदा बढ्न सकेन

NMB Bank
  • BFIS News
  • 2023 Sep 17 12:06
रिलायबल नेपालका शेयरधनीलाई पहिलो गासमै ढुङ्गा, कारोबार खुलेकै दिन बजार नकारात्मक हुँदा बढ्न सकेन
National Life

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुने क्रममा प्रतिकित्ता अधिकतम ५३५ रुपैयाँसम्म पुगेको  छ। समग्र बजार नै नकारात्मक भएको दिनमा कारोबार सुरु हुँदा शेयर मूल्यमा सुधार हुन सकेन । 

Shikhar
NIMB

कम्पनीको 'आरएनएलआई' संकेतमा सेयर कारोबार खुला भएको हो। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको मूल्य रेञ्ज पाएको थियो। पहिलो कारोबार अधिकतम रेञ्जबाट सुरु भएकाले कम्पनीको शेयर मूल्य धेरै माथि पुग्न सक्ने देखिदैन । यो समाचार तयार पार्दासम्ममा १० करोड भन्दा धेरैको खरिद बिक्री भएको छ । प्रिमियममा शेयर खरिद गरेकाले पनि शेयरधनीले आंत्तीएर बिक्री गरेका हुन् । यदि बजार घट्दै गयो भने लागत भन्दा पनि तल पर्ने भएकाले प्राथमिक शेयरधनीहरुले बिक्री गरेका हुन् । 

शेयरधनीले आइपिओ खरिद गर्दा नै प्रतिकित्ता २५७ रुपैयाँको दरले निष्काशन गरेको थियो । आझै मात्रै बिक्री गर्दा पनि कम्पनीका शेयरधनीहरुलाई झण्डै सत प्रतिशत फाइदा हुन्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया