Nepal Life

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न डाक्यो विशेष साधारणसभा

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 12:43
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न डाक्यो विशेष साधारणसभा
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति लिएर २५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सँगै विशेष साधारणसभा आह्वान गरेको छ । 

NIMB

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड २३ लाख रुपैयाँ छ । प्रस्तावित २५ प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ क करोड रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीको तुलनामा बढी हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया