Nepal Life

हिमालयन रिले प्रिमियममा शेयर जारी गर्न दियो निवेदन , धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको औचीत्य पुरा

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 13:01
हिमालयन रिले प्रिमियममा शेयर जारी गर्न दियो निवेदन , धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको औचीत्य पुरा
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको संशोधनको पहिलो फाइदा लिएको छ । तीन आर्थिक वर्षदेखि लगातार मुनाफामा रहेको तथा तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पारेको हुनु पर्नेछ भन्ने व्यवस्थालाई संशोधन गराउन सफल हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताहरुको मिसन अन्तत सफल भएको छ ।
 

NIMB

हिमालयन रिइन्स्योरेन्स कम्पनीले १०८ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २०८ रुपैयाँको दरले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डका निवेदन दिएको छ । कम्पनीले ३ करोड कित्ता शेयर निष्काशन गर्ने भएको छ । यदि धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको पहिलाको व्यवस्था अनुसार प्राथमिक शेयर निष्काशन गर्नु परेको भए कम्पनीले आधार मूल्यमा मात्रै शेयर निष्काशन गर्न पाउथ्यो । तर राजनीतिक तथा व्यवसायिक पहुँचको आडमा हिमालयन लाइफले पनि तीन अर्ब २४ करोड रुपैयाँ प्रिमियम संकलन गर्ने भएको छ 

कम्पनीले अव प्राथमिक बजारबाट मात्रै ६ अर्ब २४ करोड उठाउनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । धितोपत्र बोर्डलेअन्तिम स्वीकृति दिए पछि मात्रै कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्न पाउनेछ । 

कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि गराएकव क्रेडिट रेटिङ अनुसार इक्रा नेपालले 'केयरएनपि आइआर ए माइनस' प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीमा गरिएको लगानीमा न्युन जोखिम रहेको संकेत गर्दछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया