Nepal Life

एभरेष्ट बैंक र एनसीएचएलबीच साझेदारी, ‘नेपालपे’ कार्ड सेवा सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 11:52
एभरेष्ट बैंक र एनसीएचएलबीच साझेदारी, ‘नेपालपे’ कार्ड सेवा सञ्चालनमा
National Life

काठमाडौं।  एभरेष्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग साझेदारी गर्दै ‘नेपालपे कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ।

Shikhar
NIMB

यस साझेदारीसँगै एभरेष्ट बैंक ‘नेशनल कार्ड स्विच’ तथा ‘डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)’ को प्रमुख सदस्य बन्न पुगेको हो।

साझेदारीपछि बैंकले अब आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्ने र कारोबार स्वीकृत गर्ने सुविधा उपलब्ध गराउनेछ। यो सेवा नेपालपे पूर्वाधारको व्यावसायिक सञ्चालनपश्चात लागू गरिएको हो।

नेपालमै निर्मित र सञ्चालित यो कार्ड प्रणालीले अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा निर्भरता घटाउने, डेटा स्थानीयकरण सुनिश्चित गर्ने र डिजिटल नवप्रवर्तनमा योगदान दिने उद्देश्य लिएको छ।

एभरेष्ट बैंक हाल देशभर १३२ शाखा, ३२ राजस्व काउन्टर र १६७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया