Nepal Life

नेपाल एसबीआई बैंक ‘नेपालपे’ कार्ड नेटवर्कमा आबद्ध, डिजिटल सेवामा विस्तार

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 11:56
नेपाल एसबीआई बैंक ‘नेपालपे’ कार्ड नेटवर्कमा आबद्ध, डिजिटल सेवामा विस्तार
National Life

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहमति पत्रमा हस्ताक्षर गरी ‘नेशनल कार्ड स्विच’ तथा ‘डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)’ को प्रमुख सदस्यका रूपमा आबद्ध भएको छ।

Shikhar
NIMB

यस साझेदारीसँगै बैंकले आफ्ना ग्राहकहरूलाई ‘नेपालपे कार्ड’ जारी गर्न र स्वीकार गर्न सक्ने सुविधा सुरु गर्नेछ। यो कदम डिजिटल बैंकिङ सेवा विस्तारतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

सहमति पत्रमा दुबै संस्थाका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। यो साझेदारीले नेपालको आन्तरिक कार्ड सेवा प्रणालीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

३१ वर्षभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंकले हाल देशभर १०० शाखा, १२५ एटीएम तथा विभिन्न डिजिटल र भौतिक सेवा बिन्दुमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया