Nepal Life

“निफ्रा ग्रीन इनर्जी बण्ड ६%–२०८८/८९” को बाँडफाँट सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 12:44
“निफ्रा ग्रीन इनर्जी बण्ड ६%–२०८८/८९” को बाँडफाँट सम्पन्न
National Life

काठमाडौं, जेठ ३०। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बण्ड ६%–२०८८/८९” नामक हरित ऊर्जा ऋणपत्रको बाँडफाँट सम्पन्न भएको छ।

Shikhar
NIMB

एनआईएमबी एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सो बाँडफाँट कार्यक्रम जेठ २९ गते क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको हो।

५ अर्ब रुपैयाँ बराबरको सो ऋणपत्रका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले जनाएको छ। ऋणपत्र निष्काशनको कुल रकममध्ये ६० प्रतिशत संस्थागत तथा ४० प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो। सार्वजनिक निष्काशन गत जेठ १८ गतेदेखि २५ गतेसम्म गरिएको थियो।

उक्त ऋणपत्रमा विभिन्न संघ–संस्था र सर्वसाधारणबाट उत्साहजनक सहभागिता प्राप्त भएको क्यापिटलले जनाएको छ। एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, "नेपालकै पहिलो हरित ऊर्जा ऋणपत्रको सार्वजनिक निष्काशन सफलतापूर्वक सम्पन्न गर्नु हाम्रो लागि गर्वको विषय हो। यो नविनता र दुरदर्शितामा आधारित हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो।"

७ वर्षको अवधिसहित वार्षिक ६ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्र नेपालमा सार्वजनिक रुपमा जारी गरिएको पहिलो हरित ऊर्जा ऋणपत्र हो।

ऋणपत्र बाँडफाँट कार्यक्रमको अवसरमा निफ्राले यस प्रक्रिया सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, विदेशी दातृ संस्था ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (GGGI), कोरिया इन्टरनेशनल कोअप्रेशन एजेन्सी (KOICA), कम्पनीका साझेदार तथा सञ्चारकर्मीहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया