Nepal Life

हिमालयन बैंकका २ करोड ८० लाखभन्दा बढी संस्थापक सेयर आजदेखि लिलामीमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 13:28
हिमालयन बैंकका २ करोड ८० लाखभन्दा बढी संस्थापक सेयर आजदेखि लिलामीमा
National Life

काठमाडौं।  हिमालयन बैंक लिमिटेड (HBL) ले संस्थापक सेयरधनी हबिब बैंक लिमिटेड स्वामित्वमा रहेका २,८०,१२,४४७.४५ कित्ता संस्थापक सेयर आज (असार १ गते) देखि लिलामीमार्फत बिक्री गर्न सार्वजनिक सूचना जारी गरेको छ।

Shikhar
NIMB

बैंकको सूचना अनुसार, हालका संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले आफ्नो आवेदन बैंकको कानुनी विभाग, हेरिटेज प्लाजा, कमलादी, काठमाडौं मा पेश गर्नुपर्नेछ।

लिलामीमा राखिएका सेयरहरूको न्यूनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ तोकिएको छ। यदि तोकिएको समयभित्र वर्तमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभए, बैंकले विद्यमान कानुनी व्यवस्थाअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाउनेछ।

धितोपत्र बजारको नियमअनुसार, संस्थापक सेयर सबैभन्दा पहिले सोही कम्पनीका संस्थापकलाई नै प्राथमिकता दिइनुपर्ने व्यवस्था छ। यसैअनुसार हिमालयन बैंकले हबिब बैंकका सेयर बिक्रीका लागि पहिलो चरणमा आफ्ना संस्थापकहरूलाई आवेदन दिन आग्रह गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया