Nepal Life

नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 08:45
नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन्। भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आइतबारदेखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो । 

NIMB

यस अघि उनले नेपाल एसबिआई बैंक लि.को वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए  । बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका  उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व रहेको कम्पनीले जनाएको छ। 

अधिकृत लेख-नाथ पोख्रेलज्यूको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा आफु विश्वस्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया