Nepal Life

असोज महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताले अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 14:52
असोज महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताले अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज महिनाको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक गरेको छ । कम्पनीले असोज एक गतेदेखि असोज ३० गतेसम्ममा तोकिएको टार्गेट पुरा गर्नेलाई नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रनेरबाट मोटिभेसनल ट्रेनिङ पाउने छन् । यस्तो इन्सेन्टिभ प्रमुख बीमा शुल्क आर्जनका आधारमा पाइनेछ ।

NIMB

असोज महिनामा न्युनतम १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफको व्याग पाउने छन् । यस्तो इन्सेन्टिभ नियम अनुसार पाउने कमिशन बाहेकको हो । ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले नेपाल लाइफको व्याग र डायरी प्राप्त गर्ने छन् । एक लाख रुपैयाँ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफको व्याग, नेपाल लाइफको डायरी र मोटिभेसनल ट्रेनिङमा सहभागि हुने पाउने छन् ।

एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफको व्याग, नेपाल लाइफको डायरी र मोटिभेसनल ट्रेनिङमा सहभागिता पाउनुका साथै थप ५०० रुपैयाँ पाउने छन् । २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले माथिको अतिरिक्त एक हजार नगद पाउने छज् । २ लाख ५० हजारको हकमा थप १५ सय रुपैयाँ पाइनेछ ।

यो योजनामा संस्थागत अभिकर्तालाई सहभागी नगराइने कम्पनीले जनाएको छ । सुनौलो भविष्य जीवन बीमा योजनामा २औ प्रतिशत र यो बाहेकका अन्य एकल बीमाको हकमा ३० प्रतिशत गणना हुनेछ । प्रादेशिक स्तरमा हुने मोटिभेसनल ट्रेनिङमा सहभागी हुनेलाई नगद इन्सेन्टिभ प्रदान नगरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया