Nepal Life

प्रभु बैंक र छिमेक लघुवित्तका प्रवर्तक सेयर आजदेखि लिलामीमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 12:12
प्रभु बैंक र  छिमेक  लघुवित्तका प्रवर्तक सेयर आजदेखि लिलामीमा
National Life

 काठमाडौं।  प्रभु बैंक लिमिटेड (PRVU) र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) का प्रवर्तक सेयरहरू असार ३ गतेदेखि लिलामीमा खुला भएका छन्। लिलामी असार १० गतेसम्म जारी रहनेछ।

Shikhar
NIMB

लिलामीमा प्रभु बैंकका ९,८८२ इकाई प्रवर्तक सेयर र चिमेक लघुवित्तका २,४४,४८० इकाई प्रवर्तक सेयर राखिएका छन्। कम्पनीका प्रवर्तक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संस्था लिलामीमा सहभागी हुन योग्य छन्।

लिलामीका लागि न्यूनतम बोलकबुल मूल्य प्रभु बैंकको हकमा प्रतिइकाई १०० रुपैयाँ र छिमेक लघुवित्तको हकमा ३९० रुपैयाँ तोकिएको छ। यस लिलामीको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको हो।

प्रभु बैंकका सेयरको न्यूनतम बोलकबुल संख्या १,००० इकाई रहेको छ भने छिमेक  लघुवित्तको हकमा न्यूनतम ५०,००० इकाई बोलकबुल गर्नुपर्नेछ। अधिकतम सीमा भने निर्धारण गरिएको छैन।

हाल प्रभु बैंकको सेयर अन्तिम कारोबार मूल्य (LTP) २०६.२१ रुपैयाँ र छिमेक लघुवित्तको सेयर मूल्य ८९०.२६ रुपैयाँ रहेको छ।
लिलामीमा सहभागी हुन चाहनेले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया