NIMB Header 2
Nepal Life

बैंकिङ प्रणालीमा अझै पनि तरलता उच्च, राष्ट्र बैंकले भोलि फेरि ६० अर्ब निक्षेप खिच्दै

National Life
  • BFIS News
  • 2025 Jun 22 11:31
बैंकिङ प्रणालीमा अझै पनि तरलता उच्च, राष्ट्र बैंकले भोलि फेरि ६० अर्ब निक्षेप खिच्दै
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा निरन्तर देखिएको तरलताको अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि (सोमवार) ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत यो रकम बैंकिङ प्रणालीबाट तान्ने तयारी गरेको हो।

Shikhar
NIMB

वर्तमान आर्थिक वर्ष २०८१/८२ को प्रारम्भदेखि नै बैंकिङ प्रणालीमा तरलता अत्यधिक देखिन थालेपछि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत त्यसलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ। त्यसैक्रममा, भोलि हुने बोलकबोलमा संकलित रकमको सावाँ र ब्याज २०८२ साउन १८ गते भुक्तानी गरिने बैंकले जनाएको छ।

बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनका लागि न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोडको गुणनफल हुने गरी जम्मा ६० अर्बसम्मको बोलकबोल हुनेछ।

राष्ट्र बैंकका अनुसार हाल देशको कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ। तर, लगानीको सम्भाव्यता कमजोर देखिएकाले कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन। बैंकहरूमा थुप्रिएको निक्षेपको कारण तरलता बढ्दो क्रममा छ, तर लगानीकर्ताको आत्मविश्वास अझै कमजोर देखिएको छ।

गत साता पनि राष्ट्र बैंकले एकै दिन ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। बैंकले रिभर्स रिपो, निक्षेप संकलन, आउटराइट सेल तथा बन्डजस्ता मौद्रिक उपकरणहरू प्रयोग गर्दै बढी भएको तरलता खिच्ने कार्य गरिरहेको छ।

राष्ट्र बैंकले बजारमा पुँजी धेरै हुँदा मात्र होइन, आवश्यकता अनुसार पुँजी कम हुँदा पनि मौद्रिक उपकरणहरू मार्फत सन्तुलन कायम गर्ने नीतिमा चलिरहेको संकेत यसबाट देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया