मञ्जुश्री फाइनान्सद्वारा निशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरू
- BFIS News
- 2025 Jun Sun 14:37

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले "Insta Fund Transfer" मार्फत निशुल्क अन्तरबैंक रकमान्तर सुविधा सुरु गरेको छ।
यो सुविधा अन्तर्गत ग्राहकहरूले मञ्जुश्रीको Mobile Banking App – मञ्जुश्री स्मार्ट प्रयोग गरी Insta Fund Transfer विकल्पबाट नेपाल राष्ट्र बैंकको NPS (National Payment Switch) मा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम सजिलै र तुरुन्तै ट्रान्सफर गर्न सक्नेछन्। डिजिटल सेवाको स्तर अझ उचो बनाउँदै ग्राहकलाई सहज, सुरक्षित र द्रुत सेवा प्रदान गर्नु मञ्जुश्रीको मुख्य उद्देश्य रहेको छ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जा दर प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म देशभर २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा दिइरहेको छ।
१ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहक वर्गलाई सेवा पुर्याउँदै आएको यो संस्था हाल फाइनान्स कम्पनीहरूबीच अग्रणी स्थानमा स्थापित छ।
प्रतिक्रिया