हिमालयन बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ निष्काशन गर्दै, नागरिक लगानीकोषले गर्यो प्रत्याभूति
- BFIS News
- 2025 Jun Sun 15:52

काठमाडौं । हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने भएको छ। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन -एफपिओ) को प्रत्याभूति गर्ने भएको हो ।
सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।
प्रतिक्रिया