Nepal Life

सिद्धार्थ बैंकलाई २५ लाख इकाई ऋणपत्र निष्काशन गर्ने अनुमति, ७.२५ % ब्याजदरमा लगानी गर्ने अवसर

NMB Bank
  • BFIS News
  • 2025 Jun 22 17:49
सिद्धार्थ बैंकलाई २५ लाख इकाई ऋणपत्र निष्काशन गर्ने अनुमति, ७.२५ %  ब्याजदरमा लगानी गर्ने अवसर
National Life

काठमाडौं। सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो।

Shikhar
NIMB

२५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री (प्राइभेट प्लेसमेन्ट) गर्ने भएको छ।

सिद्धार्थले वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको 'एसबीएल डिबेन्चर २०९१' नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रको अवधी १० वर्ष रहनेछ। ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ। सिद्धार्थ बैंकको यसै वर्ष एउटा ऋणपत्र परिपक्व हुँदैछ भने आगामी दुई वर्षमा तीन वर्ष ऋणपत्र परिपक्व हुनेछन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया