NIMB Header 2
Nepal Life

बजारमा मन्दी छाउदा पनि यि १९ कम्पनी जसले लगानीकर्तालाई बनाए मालामाल, हेर्नुहोस् तपाईको पर्यो कि परेन

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 24 22:31
बजारमा मन्दी छाउदा पनि यि १९ कम्पनी जसले लगानीकर्तालाई बनाए मालामाल, हेर्नुहोस् तपाईको पर्यो कि परेन
Everest Bank

काठमाडौं। शेयर बजारमा मन्दी छाउदा पनि अहिले १९ वटा कम्पनीको शेयर मूल्य वर्षदिन भरिकै उच्च विन्दुमा छन्। सबै कुराहरु सकारात्मक हुँदा हुँदै पनि अहिले शेयर बजारमा चरम मन्दी छाइरहेको छ। बजारले गति लिन नसक्दा नियमित कारोबार गर्ने र अवसर कुरेर बसेका लगानीकर्ता निरास छन्।

Shikhar
NIMB

बैंकिङ प्रणालीमा प्रयाप्त तरलता छ। सक्रिय लगानीकर्ताको संख्या पनि धेरै छ। व्याजदर ७ वर्ष यताकै न्युन विन्दुमा छ। बैंकमा पैसा जम्मा गर्नु भन्दा शेयर बजारमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल पाउने सम्भावना छ। तर पनि बजार माथि जान सकेको छैन। साइडवेजमा पनि केहि यस्ता कम्पनी छन् जसले यस पटक लगानीकर्तालाई राम्रै प्रतिफल दिइरहेका छन्। यि कम्पनीहरु मध्ये सबैभन्दा अगाडी रहेको बुटवल पावर कम्पनी। एफपिओ निष्काशन पछि लगातार तल झरेको बुटवल पावरको शेयर मूल्य कहिल्यै पनि ५ सय कट्न सकेको थिएन। तर यस पटक कम्पनीले लगानीकर्तालाई आश्चर्य चिकत बनाउदै रेकर्ड तोडेको छ।

यसरी यस अवधिमा बुटवल पावर, सिइडिबी होल्डिङ लिमिटेड, एचआइडिसिएल प्रमोटर शेयर, हिमालयन पावर पार्टनर, माइ खोला हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पञ्चकन्या माइ पावर, राधि विद्युत, सिङ्गटी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, युनियन हाइड्रोपावर, युनिभर्सल पावरले शेयरकर्तालाई राहात प्रदान गरेका छन्। 

बुटवल पावर

बुटवल पावर कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा २८८ रुपैयाँबाट ८७७ रुपैयाँसम्म पुग्यो। आज ८०९ रुपैयाँमा कारोबार बन्द भयो। जसले बुटवल पावरको शेयर होल्ड गरेर बसेका थिए उनिहरुले राम्रो कमाएका छन्। यति मात्रै होइन जसले कम्पनीको शेयरमा ट्रेडिङ गरेका थिए उनिहरुले पनि राम्रो पैसा बनाएका छन्।

सिइडिबी होल्डिङ लिमिटेड

कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा ९८६ रुपैयाँबाट २७३५ रुपैयाँ पुग्दा यसका शेयरधनी मालामाल भएका छन्। अहिले पनि कम्पनीको शेयर मूल्य २६०७ रुपैयाँ छ। कम्पनीको शेयर पूँजी एक अर्ब तीन करोड रहेको छ। कम्पनीले लगातार दुई वर्ष ११/११ प्रतिशत बोनस शेयर दिएको थियो भने ५४.४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यहि कारणले कम्पनीको शेयरमा राम्रै चलखेल भइरहेको छ।

एचआइडिसिएल प्रमोटर शेयर

हिमालयन हाइड्रोइलेक्ट्रिसिटीको संस्थापक शेयरमा पनि यस पटक राम्रै सुधार देखिन्छ। एक वर्षको अवधिमा ९७ रुपैयाँबाट २२४ रुपैयाँ पुग्यो।

हिमालयन पावर पार्टनर

कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा २७२ रुपैयाँबाट ७११ रुपैयाँ पुग्यो। यस पनि चुक्ता पूँजी एक अर्ब ६ करोड छ। यो पनि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको सूचनामा बढेको कम्पनी हो।

माइ खोला हाइड्रोपावर

यो कम्पनीको शेयर मूल्य नपि एक वर्षमा ४४५ रुपैयाँबाट ७५३ रुपैयाँ पुग्यो। अहिले पनि ७४६ रुपैयाँमा कारोबार भइरहेको छ। यसले पनि सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। विद्युत नियमन आयोगबाट अनुमति लिइसकेको यसले बाँकी प्रकृया अगाडी बढाइरहेको छ।

नेपाल पुनर्बीमा कम्पनी

बीमा क्षेत्रमा सबैभन्दा धेरै चलेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य लामो समय १३ सय भन्दा माथि नै टिक्यो अहिले पनि कम्पनीको शेयर मूल्य १२१२ रुपैयाँ छ। त्यस्तै एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ६३४ रुपैयाँबाट १३४६ रुपैयाँसम्म पुग्यो।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट

यो कम्पनीको शेयर मूल्य अहिले पनि २०३९ रुपैयाँ छ। एक वर्षको अवधिमा ६४० रुपैयाँबाट २१५९ रुपैयाँसम्म पुग्यो। ४०० प्रतिशतले नाफा बढाएको वित्तीय विवरणले कम्पनीमा शेयरधनी झुम्मिएका हुन्। अपरिष्कृत वित्तीय विवरणलाई हेरेर लगानीकर्ताले पोत्याएका छन्।

पञ्चकन्या माइ पावर

कम्पनीको शेयर मूल्य अहिले ४११ रुपैयाँ छ। यद्यपी एक वर्षको दौरानमा कम्पनीको शेयर मूल्य २२१ रुपैयाँबाट ४१७ सम्म पुग्यो।

राधि विद्युत

राधि विद्युतको शेयर मूल्य २४६ रुपैयाँबाट ८६६ रुपैया पुगेको छ।

सिङ्गटी हाइड्रोपावर

कम्पनीको शेयर मूल्य ३०२ रुपैयाँ छ। जवकी यसको शेयर मूल्य १५१ रुपैयाँबाट ३३४ रुपैयाँसम्म पुग्यो। कम्पनीले सत प्रतिशत हकप्रद शेयर दिएर सूचीकृत भएको छ भने सहायक कम्पनी  कम्पनीमा लगानी गरिसकेको छ।

सानिमा माइ हाइड्रोपावर

हाल यसको शेयर मूल्य ६०२ रुपैयाँ छ। एक वर्षमा ३१६ रुपैयाँबाट ३६८ रुपैयाँसम्म पुगेको थियो।  

हेर्नुहोस् बाँकी कम्पनी जसको शेयर मूल्य एक वर्ष यताकै उच्च छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया