सबल बन्दै सिद्धार्थ बैंक, लाभांश वितरण क्षमतामा व्यापक सुधार हुँदै, शेयर बजारमा छाउदै
- अरुण सापकोटा
- 2025 Jun Thu 09:15

काठमाडौं। 'बिग मर्जर' नगरी आफ्नै बलबुतामा उभिएको सिद्धार्थ बैंक थप सबल बन्दै गइरहेको छ। बैंकले हरेक सूचकमा गुणात्मक सुधार गर्दै गर्दा अवको केहि समयमा शेयरधनीको अपेक्षालाई पनि सोचे भन्दा धेरै प्रतिफल प्रदान गर्ने गरी क्षमता बनाउदैछ।
बैंकले गएका तीन चार वर्षमा वितरण गरेको लाभांश एकदमै कम छ। यसको प्रमुख कारण खराव कर्जा र परिपक्व हुँदै गरेका ऋणपत्रमा गर्नु परेको ठुलो प्रोभिजनिङले गर्दा हो। सिद्धार्थ बैंकको अहिले चार वटा ऋणपत्र सक्रिय छन् भने एउटा ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। यस मध्ये २ अर्ब १६ करोड को '१०.५० % एस.बि.एल डिबेन्चर २०८२' आगामी २०८२ पुस २८ गते परिपक्व हुँदैछ। त्यस्तै २ अर्ब ५० करोड को '१०.२५ % एस.बि.एल डिबेन्चर २०८३' पनि आगामी २०८३ जेठ २७ गते परिपक्व हुँदैछ। तेस्रो तीन अर्बको ऋणपत्र '८.५० % एस.बि.एल डिबेन्चर २०८४' २०८४ असार २८ गते परिपक्व हुँदैछ। चौथो चार अर्बको ऋणपत्र धेरै पछि परिपक्व हुनेछ।
यसले गर्दा आगामी आर्थिक वर्ष २०८२/८३ मा बैंकको दुई वटा ऋणपत्र परिपक्व हुँदैछ। यसको नतिजा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाशिक अवधिमा आकर्षक मुनाफा सहित सार्वजनिक हुनेछ। त्यस पछि आगामी आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिमा सार्वजनिक हुने वित्तीय विवरणमा सम्भवत सर्वाधिक धेरै मुनाफा आर्जन गर्ने वा सर्वाधिक धेरै वितरणयोग्य मुनाफा आर्जन गर्ने बैंक बन्ने छ।
यहि कारण पछिल्ला दिनमा सिद्धार्थ बैंकको शेयरमा एकुमुलेसन भइरहेको छ। यो तथ्याङ्क बुझ्ने र विश्लेषण गर्नेले बैंकको शेयर उठाइरहेको ब्रोकरहरु बताउछन्। पछिल्लो दुई महिनामा बैंकको शेयर मूल्य २६४ रुपैयाँसम्म तल झरेर लगातार बढ्ने क्रममा ३१० रुपैयाँसम्म पुग्यो। जवकी यहि समयमा अन्य बाणिज्य बैंकहरुको शेयर मूल्यमा खासै सुधार आइरहेको छैन।
अहिले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ। जसमा साधारण जगेडा ५ अर्ब एक करोड, अन्य जगेडा ८ अर्ब एक करोड सहित बैंक सँग १३ अर्ब भन्दा माथिको जगेडा कोष रहेको छ। यसमा पनि पछिल्लो समय बैंकिङ प्रणालीले भोगिरहेको खराव कर्जाका कारण बैंकको मुनाफामा केहि असर पारिरहेको छ। यद्यपी बैंकको खराव कर्जा बैंकिङ इन्ड्रष्ट्रिको भन्दा निकै कम छ।
विश्वका सबै क्षेत्रहरूमा जस्तै बैंकिङ प्रणाली पनि तीव्रगतिमा रूपान्तरण हुँदैछ। प्रविधिको विकाससँगै बैंकिङ सेवा अब केवल भौतिक शाखासम्म सीमित नरहेर डिजिटल माध्यमद्वारा घरदैलोमै पुग्न थालेको छ। विसं २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंक लिमिटेडले सुरुवातिदिनदेखिनै आफ्ना ग्राहकहरुलाई उच्चतम स्तरको सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडी बढिरहेको छ। समयअनुसार डिजिटल प्रविधिबाटै रुपान्तरण गर्ने क्रममा बैंकले आफुलाई भविष्यका लागि पनि तयार पारिरहेको छ।
वर्तमान वित्तीय प्रदर्शनः सिद्धार्थ बैंकको मजबुत आर्थिक स्थिति
पछिल्लो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले प्रतिकुल बजार अवस्थाका बावजुद रु. १ अर्ब ६७ करोड खुद मुनाफा आर्जन गरेको छ । सो अनुसार बैंकले रु. १५.८९ प्रति शेयर आम्दानी कमाउन सफल भएको छ र बैंकको ROE ७.८१५ रहेको छ । यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु १.५८ करोड अर्थात् ०.९४५ को संकुचन हो ।
बैंकले खुद मुनाफाबाट रु. १ अर्ब ०९ करोड बराबर रकम ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गर्नु परेको छ। यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ ।
बैंकले आफनो १९६ शाखाहरु मार्फत रु. २५०.४९ अर्बको निक्षेप संकलन तथा रु. २१९.७१ अर्बको कर्जा लगानी गरेको छ । प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई ४.०४५ मा सिमित गर्न सफल भएको छ भने बैंकको खुद निस्कृय कर्जा १.६६५ मात्र रहेको छ ।
बैंकको नेटवर्थ रु. २९ अर्व २३ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. १ अर्व १६ करोड ले वृद्धि भएको छ । बैंकको नेटवर्थ प्रति शेयर गत आर्थिक वर्षभन्दा रु. ८.२६ ले वृद्धि गर्दै रु. २०७.४७ पुगेको छ ।
लगानीलाई रियलाइज गर्दै
बैंकको साढे ६ अर्ब भन्दा धेरै लगानी रहेको छ। पछिल्लो समय दोस्रो बजारमा सूचिकृत कम्पनीको संस्थापक शेयरबाट सर्वसाधारण शेयरमा कन्भर्ट भएका स्टकलाई पनि बिक्री गरिरहेको छ। यसले इन्भेष्टमेन्ट इनकमलाई थप बढाएको छ। अर्को तर्फ कतिपय म्युचुअल फण्डमा गरिएको लगानी पनि फिर्ता पाउने समय नजिदैछ। केहि परिपक्व हुँदै गरेका म्युचुअल फण्डबाट लगानी फिर्ता लिने समय आउदैछ।
सिद्धार्थ बैंकको रणनीतिक दिशा
सिद्धार्थ बैंक भविष्यमा एक डिजिटल रूपान्तरणमा आधारित बैंक बन्ने आफ्नो लक्ष्यमा अघि बढ्दैछ। बैंकको दीर्घकालीन रणनीतिहरू डिजिटल भुक्तानी प्रवर्द्धन, सामाजिक र वातावरणीय पहलहरूमा लगानी, र महिलाको सशक्तिकरणका लागि विशेष कार्यक्रमहरूको विकासमा केन्द्रित छन्। बैंकको प्राथमिकता भनेको देशभरका ग्राहकहरूको वित्तीय सेवाहरूलाई अझ सुगम र सुरक्षित बनाउनु हो। साथै, बैंकले आफ्नो वित्तीय समृद्धि र दीर्घकालीन स्थिरता कायम राख्दै, समाज र अर्थतन्त्रमा पनि योगदान पुर्याउने लक्ष्य लिएको छ।
यसरी, सिद्धार्थ बैंकले आफ्नो भविष्यको योजनामा डिजिटल फर्स्ट र महिला केन्द्रित दृष्टिकोणलाई महत्व दिँदै, पर्यावरण, सामाजिक र शासनका मापदण्डहरूलाई पनि अगाडि राख्दै, एक सशक्त र दिगो बैंकको रूपमा आफूलाई अझ राम्रोसँग स्थापित गर्ने दिशामा काम गर्दैछ।
आजको दिनमा डिजिटल रूपान्तरण र संस्थागत उत्तरदायित्वलाई सँगै लिएर अगाडि बढिरहेको सिद्धार्थ बैंक भोलिको सशक्त वाणिज्य बैंकको रूपमा आफूलाई स्थापित गर्न प्रतिबद्ध देखिन्छ। समयको मागअनुसार परिवर्तन हुँदै, प्रविधिलाई आत्मसात गर्दै, सामाजिक तथा वातावरणीय उत्तरदायित्व निभाउँदै, र सुशासनको अभ्यास गर्दै सिद्धार्थ बैंक साँच्चिकै भविष्यका लागि तयार बैंक बनेको छ। यति मात्रै होइन वित्तीय रुपमा सवल बनिरहेको बैंकले आगामी केहि वर्ष सञ्चित कोषबाट र नियमित मुनाफाबाट समेत गरि बम्पर लाभांश वितरण गर्न सक्ने भएकाले सिद्धार्थ बैंकका शेयरधनीले लामो समयदेखिको प्रतिक्षाको प्रतिफल एकदमै राम्रो पाउदै छन्।
प्रतिक्रिया