Nepal Life

महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 14:20
महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा
National Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । 

Shikhar
NIMB

यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछ्न । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधी तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक त्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनी सँगै बैंकले भर्चुअल त्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुनेछ । 

डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बेैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ । 

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले आगामी दिनहरुमा मोबाइल  एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया