NIMB Header 2
Nepal Life

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 30 10:56
तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला
Everest Bank

काठमाडौँ, असार १६ – तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

Shikhar
NIMB

यो अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुनेछ।

हकप्रद शेयरका लागि कम्पनीले बुकक्लोज जेठ ५ गते गरेको थियो। त्यसअन्तर्गत, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म रहनेछ।

इक्रा नेपालले हकप्रद निष्काशनका लागि कम्पनीलाई ‘इक्रा एपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले यस हकप्रद निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ। शेयरधनीहरुले नबिल बैंकको छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशन पश्चात यो रकम दोब्बर हुँदै ८० करोड रुपैयाँ पुग्नेछ।

हकप्रद निष्काशनबाट संकलन हुने रकम कम्पनीले आफ्नो विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको माछापुच्छ्रे बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा कूल ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋण रहेको छ। यसमध्ये १६ करोड रुपैयाँ माछापुच्छ्रे बैंकमा, र नबिल तथा ग्लोबल आइएमई बैंकमा १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया