Nepal Life

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

Muktinath Bank
  • BFIS News
  • 2025 Jul Tue 11:30
हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
RBB

काठमाडौं, असार १८ – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आउँदो असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको हो।

NIMB

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट गरिसकिएको छ।

अब बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिनेछ। यसअघि १८ हजार ६५० कित्ता कर्मचारीहरूका लागि र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

हिम स्टार उर्जाले सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। आयोजना सञ्चालनका लागि बाँकी २७.७ वर्षको विद्युत उत्पादन अनुमतिपत्र रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुट मूल्यमा फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया