NIMB Header 2
Nepal Life

पाकिस्तानमा ७० प्रतिशत भन्दा धेरैको खातामा ५० हजार भन्दा कम मौज्दात, डिजिटल बैंकिङ तिव्र गतिमा विस्तार

National Life
  • BFIS News
  • 2025 Jul 03 18:53
पाकिस्तानमा ७० प्रतिशत भन्दा धेरैको खातामा ५० हजार भन्दा कम मौज्दात, डिजिटल बैंकिङ तिव्र गतिमा विस्तार
Sanima Reliance

काठमाडौं। पाकिस्तानमा ७० प्रतिशत भन्दा धेरै बैंक खातामा ५० हजार भन्दा कम नगद मौज्दात रहेको खुलासा भएको छ। स्टेट बैंक अफ पाकिस्तानको पछिल्लो रिपोर्ट अनुसार, जम्मा ३ प्रतिशत खातामा मात्र रू.१० लाखभन्दा बढी रकम रहेको छ, जसले देशमा गहिरो आर्थिक असमानता र न्यून बचत प्रवृत्ति देखाउँछ।

Shikhar
NIMB

त्यसैगरी, डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ। मोबाइल एपहरूबाट हाल खुद्रा कारोबारको ८९ प्रतिशत कारोबार सञ्चालन भइरहेको छ। सन् २०२५ को दोस्रो त्रैमासिक अवधिमा पाकिस्तानको इनस्ट्यान्ट पेमेन्ट प्रणालीमार्फत ३७१ मिलियन कारोबारहरू सम्पन्न भएका थिए, जसको कुल मूल्य रू.८.५ ट्रिलियन थियो। यता, उच्च-मूल्यका कारोबारहरूको लागि प्रयोग हुने RTGS प्रणालीले उक्त अवधिमा रू.३४७ ट्रिलियन बराबरका कारोबारहरू सेटल गरेको थियो।

यी तथ्यांकहरूले स्पष्ट रूपमा देखाउँछन् कि पाकिस्तानमा बचत दर निकै कम छ र डिजिटल वित्त प्रणालीतर्फ तीव्र रुपान्तरण भइरहेको छ।

नागरिकहरूले जब आफ्ना खातामा बढी रकम जम्मा गर्न खोज्छन् तव बैंकहरूले खाता ब्लक गर्नुका साथै अनावश्यक प्रमाणपत्रहरु मागेर हैरान पार्ने गरेको पाइएको छ। एक सेवाग्राहीका अनुसार, "म ३ महिनादेखि यो समस्यामा परिरहेको छु। हालसम्म मेरा ४ वटा बैंक खाता ब्लक भइसकेका छन्। यो अवस्थाले हामीलाई बचत गर्न होइन, निरुत्साहित गरिरहेको छ।"

पाकिस्तानमा धेरै व्यक्तिहरूको २–३ वटा बैंक खाता छन्, तर तीमध्ये एउटा मात्र सक्रिय रहन्छ भने बाँकी खाता कहिलेकाहीँ प्रयोगका लागि राखिएको हुन्छ। यस्तो व्यवहारले डिजिटल बैंकिङ विस्तारसँगै वित्तीय समावेशीकरणको लक्ष्यमा बाधा पुर्‍याउने खतरा रहेको विश्लेषकहरूको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया