Nepal Life

सिद्धार्थ बैंकले ‘एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गर्दै: ७.२५% वार्षिक ब्याजदर पाइने, असार २९ गतेदेखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Jul 04 10:03
सिद्धार्थ बैंकले ‘एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गर्दै: ७.२५% वार्षिक ब्याजदर पाइने, असार २९ गतेदेखि बिक्री खुला
National Life

काठमाडौं, असार २०। सिद्धार्थ बैंक लिमिटेड (SBL) ले असार २९ गतेदेखि १० वर्ष अवधिको ऋणपत्र ‘एसबिएल डिबेञ्चर २०९१’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा जारी हुने यो ऋणपत्र बैंकले पूँजी संकलन तथा दीर्घकालीन स्रोत सुनिश्चित गर्न ल्याउन लागेको हो।

Shikhar
NIMB

बैंकले एक हजार रुपैयाँ अंकित दरमा जम्मा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ, जसको कुल मूल्य २ अर्ब ५० करोड रुपैयाँ बराबर हुनेछ। तीमध्ये १५ लाख कित्ता (६०%) ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १० लाख कित्ता (४०%) सर्वसाधारणका लागि खुला गरिनेछ।

सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

न्यूनतम २५ कित्ताबाट आवेदन, अधिकतममा सीमा छैन

न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ऋणपत्र निष्काशन छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते बन्द हुनेछ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड

यस ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखाहरू तथा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

इक्रा नेपालबाट BBB+ क्रेडिट रेटिङ

इक्रा नेपालले यस ऋणपत्रलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस (ICRANP-IR BBB+)’ प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ।

ब्याज भुक्तानी दुईपटक

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्ति पछि, कर कट्टी गरी भुक्तानी गरिनेछ।

सिद्धार्थ बैंकको यो ऋणपत्र निष्काशन लगानीकर्ताहरूका लागि दीर्घकालीन स्थिर आम्दानीको अवसर बन्न सक्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया