NIMB Header 2
Nepal Life

राष्ट्र बैंकद्वारा आज ४५ अर्ब रुपैयाँको निक्षेप संकलन, तरलता व्यवस्थापनलाई प्राथमिकता

National Life
  • BFIS News
  • 2025 Jul 06 12:01
राष्ट्र बैंकद्वारा आज ४५ अर्ब रुपैयाँको निक्षेप संकलन, तरलता व्यवस्थापनलाई प्राथमिकता
Sanima Reliance

काठमाडौं, आषाढ २१ — वित्तीय प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (आईतवार) ४५ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ। खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार राष्ट्र बैंकले बोलकबोल प्रणाली मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

Shikhar
NIMB

हाल कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यो अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। तरलताको प्रभाव ब्याजदरमा नपरोस् भन्ने उद्देश्यले यस्ता उपकरणको प्रयोग गरिएको हो।

दीर्घकालीन निक्षेप उपकरणको प्रयोग

राष्ट्र बैंकको संरचनात्मक खुला बजार कारोबार कार्यविधिअनुसार, दीर्घकालीन प्रकृतिको तरलता देखिएमा, बढीमा ६ महिनासम्मको अवधिका लागि निक्षेप संकलन गर्न पाइन्छ। सोही व्यवस्था अनुरूप राष्ट्र बैंकले पटकपटक दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो।

आजको बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा कम दरबाट उच्च दरतर्फ प्राथमिकताक्रम मिलाई आह्वान गरिएको रकमसम्म निक्षेप बाँडफाँट गरिने छ।

भुक्तानी भदौ १ गते

आज संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ साल भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ। बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर सोही प्रक्रियाबाट निर्धारण गरिनेछ।

न्युनतम १० करोडको सीमा

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ हुनेछ। अधिकतम भने ५ करोडको गुणनफल (multiple) मा निःशेष बाँडफाँट हुने गरी निर्धारण गरिनेछ।

यो निक्षेप संकलन राष्ट्र बैंकको तरलता व्यवस्थापन रणनीतिको हिस्सा हो जसले वित्तीय बजारको ब्याजदरलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया