NIMB Header 2
Nepal Life

प्रभु बैंकको २१ लाख संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने

National Life
  • BFIS News
  • 2025 Jul 07 14:08
प्रभु बैंकको २१ लाख संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न सक्ने
Sanima Reliance

काठमाडौं।  प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फका २१ लाख ५ हजार ६७५ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसपटक सो सेयर सर्वसाधारण तथा इच्छुक संघ-संस्था वा कम्पनीहरूलाई समेत खुला गरिएको छ।

Shikhar
NIMB

बैंकका अनुसार, यो सेयर पहिले विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीका लागि प्रस्ताव गरिएको थियो। तर, उनीहरूले खरीद नगरेपछि अब अन्य इच्छुक व्यक्तिहरू, कम्पनीहरू वा संघ-संस्थाहरूले पनि आवेदन दिन सक्ने गरी बिक्री खुला गरिएको हो।

बैंकले सेयरको न्यूनतम मूल्य भने तोकेको छैन। इच्छुक संस्थापक सेयरधनी तथा अन्य आवेदकहरूले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

बिक्री प्रक्रियासम्बन्धी थप विवरण बैंकले औपचारिक सूचना वा वेबसाइटमार्फत उपलब्ध गराउने जनाएको छ। यसले संस्थापक सेयरमा सहभागिता जनाउन चाहने नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया