Nepal Life

हिमालयन बैंक असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्दै, सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 08 10:54
हिमालयन बैंक असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्दै, सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुग्ने
National Life

काठमाडौं, असार २४ गते। हिमालयन बैंक लिमिटेडले आगामी असार ३२ गतेदेखि थप सार्वजनिक निष्काशन (Further Public Offering - एफपीओ) गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधानअनुसार बैंकले एफपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा ७२.९९ प्रतिशत सेयर संस्थापक समूह र २७.०१ प्रतिशत सेयर सर्वसाधारण समूहको स्वामित्वमा रहेको छ। अब सर्वसाधारणको हिस्सा ३० प्रतिशतमा पुर्‍याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ ल्याउँदैछ।

बैंकले यस अन्तर्गत ९२ लाख ५० हजार ४६९ कित्ता साधारण सेयर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा, ५७ रुपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रुपैयाँमा सार्वजनिक निष्काशन गर्न लागेको हो।

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक लगानीकर्ताले अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। यो एफपीओ छिटोमा साउन ४ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १४ गतेसम्म लम्बिन सक्नेछ।

एफपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई CARE NP BBB Issuer Rating प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सिटिजन्स क्यापिटल लिमिटेड एफपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनपछि बैंकको कुल चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया