NIMB Header 2
Nepal Life

भारतमा केवाईसी फारमको दुरुपयोग गर्दै बीमा कम्पनीहरुमार्फत १ अर्बभन्दा बढीको ठगी, ६० जना पक्राउ

National Life
  • BFIS News
  • 2025 Jul 09 11:43
भारतमा केवाईसी फारमको दुरुपयोग गर्दै बीमा कम्पनीहरुमार्फत १ अर्बभन्दा बढीको ठगी, ६० जना पक्राउ
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकले भर्ने ‘केवाईसी’ (Know Your Customer) फारमको दुरुपयोग गरी भारतका बीमा कम्पनीहरूबाट १ अर्ब भारतीय रुपैयाँभन्दा बढीको ठगी गरिएको एक विशाल काण्ड सार्वजनिक भएको छ। घटनालाई हालसम्मको बीमा क्षेत्रमै सबैभन्दा ठूलो केवाईसी दुरुपयोगको रूपमा लिइएको छ।

Shikhar
NIMB

यो ठगी प्रकरण भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर लगायतका क्षेत्रमा भएको हो। घटनासँग सम्बन्धित रहेको आरोपमा अहिलेसम्म ६० जनालाई पक्राउ गरिएको छ भने सयौं व्यक्तिहरू प्रहरीको निगरानीमा रहेको बताइएको छ।

अनुसन्धान कसरी सुरु भयो?

ठगी काण्डको सुरुवात यस वर्षको जनवरी महिनामा एक रहस्यमय सडक दुर्घटनापछि भएको थियो। दुर्घटनामा संलग्न दुई व्यक्तिसँग गरिएको अनुसन्धानले घटनाको पृष्ठभूमि उजागर गर्‍यो। त्यसपछि अनुसन्धान क्रमशः देशव्यापी बन्दै गएपछि ठगीको जालो भारतभर फैलिएको पुष्टि भएको हो।

उत्तर प्रदेशको संभल जिल्लाकी प्रहरी अधिकारी अनुकृति शर्माका अनुसार, प्रारम्भमा उत्तर प्रदेशमै सीमित देखिएको यो घटनाले भारतभरका विभिन्न बीमा कम्पनीहरू प्रभावित भएको संकेत देखिएको छ। उनले ठगीको पूर्ण आकार, संलग्न व्यक्ति र ठगीको कुल रकमको आँकलन गर्न समेत मुस्किल भएको बताइन्।

ठगीको तरिका

अनुसन्धानका अनुसार, ठगीमा संलग्न समूहले विशेष गरी गरिब समुदायका गम्भीर बिरामीहरूको बैंक विवरण संकलन गर्थे। अस्पताल, डाक्टर र नर्सहरूसँगको मिलोमतोमा उनीहरूको केवाईसी फारम जुटाइन्थ्यो। त्यसपछि मृतकलाई जीवित देखाइ बीमा दाबी गरिन्थ्यो, कतिपय अवस्थामा जिउँदो व्यक्तिलाई मृतक बनाइ मृत्यु प्रमाणपत्र तयार पारिन्थ्यो।

बीमा रकमबाहेक, सरकारले गम्भीर रोगबाट मृत्यु भएकाहरूका परिवारलाई दिने राहतसमेत ती समूहले हडप्ने गरेको पाइएको छ। कतिपय घटनामा जिउँदा व्यक्तिलाई हत्या गरेर बीमा दाबीसमेत गरिएको अनुसन्धानबाट खुलेको छ।

संलग्नता र संका

यस ठगी घटनामा बैंक तथा बीमा कम्पनीका कर्मचारी, सरकारी कर्मचारी, अस्पतालका डाक्टर र कर्मचारीसम्मको संलग्नता रहेको प्रहरीको आशंका छ। यद्यपि, हालसम्म पक्राउ परेकाहरू कुन-कुन क्षेत्रका हुन् भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा धेरै मृतकलाई जिउँदो देखाउने तथा मृत्यु प्रमाणपत्र बनाउने कार्य दिल्लीस्थित जीबी पन्त अस्पतालबाट भएको पाइएको छ।

यो घटनाले वित्तीय संस्थाको केवाईसी गोपनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। भारतमा मात्र होइन, सम्पूर्ण बीमा प्रणालीको पारदर्शिता र विश्वसनीयतामाथि समेत चुनौती खडा भएको विश्लेषण गरिँदैछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया