Nepal Life

तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै

NMB Bank
  • BFIS News
  • 2025 Jul 09 11:54
तरलता थुप्रिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब खिच्दै
National Life

काठमाडौं, असार २५। बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ प्रणालीबाट हटाउन लागेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट यो रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो।

Shikhar
NIMB

राष्ट्र बैंकका अनुसार असार २५ गते आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुनेछ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ अर्ब रुपैयाँको भागमा प्रस्ताव राख्न सक्नेछन्। बोलकबोल निःशेष भाग जाने गरी गरिनुपर्नेछ।

बोलकबोल प्रक्रिया बहुब्याजदर प्रणालीमा आधारित हुनेछ, जसअनुसार वित्तीय संस्थाहरूले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण ६३ दिन अवधिको हुनेछ, जसको साँवा तथा ब्याज भदौ २५ गते भुक्तानी गरिनेछ।

राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंकिङ प्रणालीमा तरलता अत्यधिक हुँदा नियमित रूपमा यस्तो कदम चाल्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया