NIMB Header 2
Nepal Life

मौद्रिक नीतिले लगानीकर्ताको मनोबल बढायो: शिव चन्द्रको प्रतिक्रिया

National Life
  • BFIS News
  • 2025 Jul 11 13:56
मौद्रिक नीतिले लगानीकर्ताको मनोबल बढायो: शिव चन्द्रको प्रतिक्रिया
Sanima Reliance

काठमाडौं, असार २७ – आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतीले सेयर बजारको मनोबल बढाउने संकेत देखिएको छ। लगानीकर्ता शिव चन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत मौद्रिक नीतिमा सेयर बजारसँग प्रत्यक्ष सम्बन्धित तीन महत्वपूर्ण बुँदाहरूको चर्चा गर्दै नीतिलाई ‘ग्रेड A’ को सरह मूल्याङ्कन गरेका छन्।

Shikhar
NIMB

शिव चन्द्रका अनुसार मौद्रिक नीतामा सेयर कर्जासम्बन्धी सीमा विस्तार, लघुवित्त लाभांश नीतिमा लचीलोपन, र सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने नीति प्रस्ताव—यी तीन विषयहरू सेयर बजारप्रति सकारात्मक सन्देश दिने खालका छन्।

तीन मुख्य बुँदाहरू यस प्रकार छन् :

१. सेयर कर्जा सीमा वृद्धि : व्यक्तिगत तर्फको सेयर कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। यसले ठूलो लगानीकर्ताको पहुँच सेयर बजारमा अझ विस्तार गर्ने विश्वास गरिएको छ।

२. लघुवित्त लाभांश नीति लचिलो हुने : हाल कायम रहेको १५ प्रतिशत लाभांश सीमा आवश्यकताअनुसार परिमार्जन गरिने स्पष्ट नीति ल्याइएको छ। यसले लघुवित्तको लगानीकर्तालाई राहत दिनेछ।

३. सम्पत्ति व्यवस्थापन कम्पनीको अवधारणा : विदेशका जस्तै 'Asset Management Company' खोल्न नीतिगत प्रस्ताव तयार गरी सम्बन्धित निकायमा पेस गरिने उल्लेख मौद्रिक नीतिमा गरिएको छ। यसले बैंक तथा वित्तीय संस्थाका गैरकर्जा प्रवाह (NPA) व्यवस्थापन गरी बैंकहरूलाई खराब कर्जा मुक्त बनाउने सम्भावना देखिएको छ।

शिव चन्द्रले टिप्पणी गर्दै भनेका छन्, "कसिएका धेरै नीतिहरूलाई बिस्तारै खुकुलो पार्दै गएको झल्को योपटकको मौद्रिक नीतिले दिएको छ।"

उनले आइतबार खुल्ने बजारले नीतिलाई कसरी स्वागत गर्छ भन्ने कुराबाट लगानीकर्ताको उत्साह स्पष्ट हुने बताएका छन्।

मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजारमा देखिएको सकारात्मक भावना र नीतिले सेयर बजारमैत्री धारणा लिएको सन्देशबाट आगामी दिनमा सेयर बजारमा सुधार आउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया