NIMB Header 2
Nepal Life

बैंकका कर्मचारीको बोनस थाप्ने दिन नजिकिदै, ११ महिनामा ९ अर्ब १९ करोड छुट्टाए, कुन बैंकका कर्मचारीको कति?

National Life
  • BFIS News
  • 2025 Jul 14 14:12
बैंकका कर्मचारीको बोनस थाप्ने दिन नजिकिदै, ११ महिनामा ९ अर्ब १९ करोड छुट्टाए, कुन बैंकका कर्मचारीको कति?
Sanima Reliance

काठमाडौं। बैंक वित्तीय संस्थाका कर्मचारीहरुको बोनस रकम थाप्ने दिन नजिकिदै छ। चालु आर्थिक वर्ष सकिन अव दुई दिन बाँकी छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बैंक वित्तीय संस्थाले कर्मचारीका लागि चालु आर्थिक वर्षको ११ महिनाको मुनाफाबाट कर्मचारीका लागि ९ अर्ब १९ करोड रुपैयाँ बोनस रकम छुट्याएका छन्।

Shikhar
NIMB

आजको दिनमा बैंक वित्तीय संस्थामा २१ हजार ७९५ जना कर्मचारी कार्यरत छन्। सबै कर्मचारीले बोनस ऐन अनुसार मुनाफाको १० प्रतिशत कर्मचारी बोनस रकम पाउने व्यवस्था छ। यसै व्यवस्था बमोजिम आजका दिनमा सबैभन्दा धेरै लाभांन्वित कर्मचारी नविल बैंकमा छन्। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंकका कर्मचारी पनि सबैभन्दा धेरै बोनस रकम हात पार्ने भित्र पर्छन्। नाफा धेरै देखिदैमा कर्मचारीले धेरै रकम पाउछन् भन्ने हुँदैन। उक्त बैंकमा कर्मचारी संख्या कति छ भन्ने कुराले पनि प्रभाव पार्दछ। जति कम कर्मचारी धेरै नै बोनस रकम पाउने सम्भावना हुन्छ तर बैंकले औषत भन्दा धेरै मुनाफा भने गरेको हुनु पर्छ।

११ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरैम मुनाफा आर्जन गर्ने बैंक नबिल रहेको छ। नबिल बैंकले ६ अर्ब ४० करोड मुनाफा आर्जन गर्दा एक अर्ब एक करोड रुपैयाँ मुनाफा कर्मचारीको बोनसका लागि प्रोभिजनिङ गरेर सुरक्षित राखेको छ।

त्यस्तै ग्लोबल आइएमई बैंकले पनि ६ अर्ब ३ करोडबाट ९४ करोड ३४ लाख रुपैयाँ बोनस रकम सुरक्षित गरेको छ। यो मुनाफा बैंकका ३६ सय कर्मचारीलाई वितरण गर्नु पर्नेछ।  तेस्रो धेरै मुनाफा गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोडबाट ९० करोड ४६ लाख रुपैयाँ छुट्टाएको छ। यो मुनाफा पनि ३१३२ जनालाई बाँडफाँड गरिन्छ।  

यस वर्ष एभरेष्ट बैंकका कर्मचारी मालामाल हुँदैछन्। बैंकले ४ अर्ब २४ करोड मुनाफा आर्जन गरेर ७० करोड ५० लाख रुपैयाँ बोनस छुट्याएको छ। बैंकमा ११४९ कर्मचारी छन्। जवकी सबैभन्दा धेरै मुनाफा आर्जन गरेको नबिलको कर्मचारी २२३९ कर्मचारी छन्। नबिलले २२३९ लाई एक अर्ब एक करोड वितरण गर्दा एभरेष्टले ११४९ जनालाई ७० करोड ५० लाख वितरण गर्नेछ।

अझ स्ट्याण्डर्ड चार्टर्डको हेर्ने हो भने बैंकले २ अर्ब ७२ करोड मुनाफाबाट ४३ करोड ९८ लाख रुपैयाँ छुट्टाएको छ। यो रकम केवल ५३१ जनाले मात्रै बुझ्ने छन्। तुलनात्मक रुपमा राम्रो बोनस पाउनेमा एनएमबी बैंकका कर्मचारी पनि पर्छन्। बैंकले तीन अर्ब ३ करोड मुनाफा आर्जन गर्दै कर्मचारीका लागि ४८ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ। यो रकम १९०० कर्मचारीले पाउने छन्। यस वर्ष सबैभन्दा धेरै पिडित एनआइसी एशिया बैंकका कर्मचारी हुनेछन्। बैंकले ११ महिनामा ८२ करोड ९७ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै कर्मचारीका लागि १३ करोड १७ लाख रुपैयाँ छुट्ट्याएको छ। यो रकम तीन हजार भन्दा धेरै कर्मचारीलाई बाड्नु पर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया