NIMB Header 2
Nepal Life

वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, अधिकांश बैंकले साउनमा ब्याजदर घटाए

National Life
  • BFIS News
  • 2025 Jul 16 09:47
वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, अधिकांश बैंकले साउनमा ब्याजदर घटाए
Sanima Reliance

काठमाण्डौ, असार ३१। वाणिज्य बैंकहरुले साउन महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपमा दिइने ब्याजदर औसतमा घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार असारको तुलनामा साउनमा ब्याजदर उल्लेख्य रूपमा तल झरेको छ।

Shikhar
NIMB

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर असारमा औसतमा ५.९०२ प्रतिशतविन्दु रहेको थियो भने साउनमा घटेर ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। यो दर ०.२०४५ प्रतिशतविन्दुले कम हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा पनि औसत ब्याजदर ०.२६ प्रतिशतविन्दुले घटेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाएका छन्। तीमध्ये प्रभु बैंकले सर्वाधिक १.८५ प्रतिशतविन्दु ब्याज घटाएको छ। असारमा ६.१ प्रतिशत ब्याज दिइरहेको प्रभु बैंकले साउनदेखि अधिकतम ४.२५ प्रतिशत मात्र ब्याज दिनेछ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम हो।

अर्कोतर्फ, स्ट्याण्डर्ड चार्टर्ड बैंक व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक ब्याज दिने बैंक बन्न पुगेको छ। सो बैंकले अधिकतम ६.२६ प्रतिशत ब्याज दिनेछ।

साउनमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिचार्थ बैंक र एनएमबि बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरी असारकै दरलाई निरन्तरता दिएका छन्।

यद्यपि, केही बैंकहरुले ब्याजदर बढाएका छन्। तीमध्ये हिमालयन बैंकले ब्याजदर वृद्धि गरेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट ६ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ५ प्रतिशतमा पुर्याएको छ।

नयाँ ब्याजदर साउन १ गतेदेखि लागू भएको छ। ब्याजदरमा आएको यस प्रकारको घटबढले ग्राहकको बचत निर्णयमा असर पार्ने विश्लेषकहरूको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया