Nepal Life

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jul 17 10:31
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन
National Life

काठमाडौं, साउन १ – नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असार ३० गतेदेखि ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ सार्वजनिक रुपमा निष्काशन गरेको हो, जसमा आज साउन १ गतेसम्म आवेदन दिन सकिनेछ।

Shikhar
NIMB

१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ।

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट आवेदन दिन सक्नेछन् भने चाहेमा अधिकतम सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका शाखाबाट वा CDSC को 'मेरो शेयर' सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल ए’ (ICRANP IR AA) प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षा रहेको संकेत गर्दछ। ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया