Nepal Life

एनआईसी एशिया बैंकका निर्देशक रामचन्द्र संगाईलाई सीआईपी सम्मान

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 12:13
एनआईसी एशिया बैंकका निर्देशक रामचन्द्र संगाईलाई सीआईपी सम्मान
National Life

काठमाडौं, साउन २।  एनआईसी एशिया बैंकका निर्देशक रामचन्द्र संगाईलाई नेपाल सरकारद्वारा वाणिज्यिक रूपमा महत्वपूर्ण व्यक्ति (CIP) को सम्मान प्रदान गरिएको छ।

Shikhar
NIMB

आषाढ ३२ गते आयोजित कार्यक्रममा नेपाल सरकारले संगाईलाई नेपालको व्यापार, निर्यात तथा समग्र आर्थिक विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो।

नेपाल सरकारले प्रत्येक वर्ष मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान दिने व्यक्तिहरुलाई सीआईपीको रुपमा सम्मान गर्दै आएको छ। संगाईको दीर्घ योगदानलाई उच्च मूल्यांकन गर्दै यस वर्षको सीआईपी सूचीमा उनको नाम समावेश गरिएको हो।

उक्त अवसरमा एनआईसी एशिया बैंकले निर्देशक संगाईलाई यो सम्मान प्राप्त भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया