NIMB Header 2
Nepal Life

एनआईसी एशिया बैंकद्वारा अनलाइन अक्सन पोर्टल सार्वजनिक, सम्पत्ति बिक्री प्रक्रिया अझ पारदर्शी

National Life
  • BFIS News
  • 2025 Jul 18 12:21
एनआईसी एशिया बैंकद्वारा अनलाइन अक्सन पोर्टल सार्वजनिक, सम्पत्ति बिक्री प्रक्रिया अझ पारदर्शी
Sanima Reliance

काठमाडौं, साउन २। एनआईसी एशिया बैंकले अक्सनमा रहेका चल–अचल सम्पत्तिबारे विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले नयाँ अनलाइन अक्सन पोर्टल सञ्चालनमा ल्याएको छ।

Shikhar
NIMB

बैंकले अक्सनमा राखिएका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्ति र धितोमा राखिएका जग्गाजमिनसम्बन्धी सम्पूर्ण जानकारी उक्त पोर्टलमार्फत प्रदान गर्नेछ। पोर्टलमा जग्गाको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्याप आधारित लोकेशन जानकारी हेर्न सकिनेछ।

उक्त पोर्टलमा प्रयोगकर्ताले अक्सनसम्बन्धी जिज्ञासा वा सोधपुछका लागि आफ्ना नाम, ईमेल, फोन नम्बर र ठेगाना उल्लेख गरी सिधै सन्देश पठाउन सक्ने सुविधा पनि राखिएको छ।

अक्सन सूचना सार्वजनिक गरिएको विज्ञापनमा समावेश गरिएको QR कोड स्क्यान गरेर वा सिधै https://auctionassistance.nicasiabank.com मा गएर पोर्टलमा पहुँच गर्न सकिन्छ।

बैंकले अक्सनसम्बन्धी सूचनाहरू नियमित रूपमा अपडेट गर्ने र सम्भावित खरिदकर्ताहरूका लागि प्रक्रिया पारदर्शी र सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया